मेरो जीवनबाट जाने भए जाऊ
तर अन्तिम पल्ट भेट्न आऊ
सिउँदो तिमी अरूकै हातबाट रंगाऊ
तर अन्तिम पल्ट भेट्न आऊ
बाँच्छु तिम्रै लागि भन्थ्यौ मरे तिम्रै लागि मर्छु
यदि तिमीलाई पाइन भने म जे-जे पनि गर्छु
मलाई बिर्सेर जाने भए जाऊ
तर अन्तिम पल्ट भेट्न आऊ
मरिजाउँ तिम्रो कसम तिमीलाई छाड्दिन भन्थ्यौ
तिमीसँग साँटे मुटु अरुलाई बाँड्दिन भन्थ्यौ
मलाई बिर्सेर जाने भए जाऊ
तर अन्तिम पल्ट भेट्न आऊ
शब्द, स्वर, संगीत – डम्बर नेपाली
