कसरी म भुलें केमा म भुलें
तिम्रो ओठमा तिम्रो मुस्कानमा
आँखामा कि भाखामा
पानीभित्र डुबिबस्छ चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रुपमा कि रंगमा केमा म भुलें
गहिराइमा सागर भुल्छ सागरमा पानी
तिमीलाई खोजिबस्छ आँखाका यी नानी
तिम्रो साथले कि बातले केमा म भुलें
शब्द, संगीत – भीम बिराग
स्वर – नारायण गोपाल
