पुर्णिमा हो भन्छौ तिमी जुन कहाँ छ?
लथालिंग चारैतिर, खै कुन कहाँ छ?
हाहाकार चारैतिर, लालाबाला भोकाप्यासा
खोले सँग मिसाउने नुन कहाँ छ?
बर्षा लाग्यो झरी पर्यो, पिडा पेवा बनी
हासो खुशी नबगाउने साउन कहाँ छ?
लोकतन्त्र गणतन्त्र जहाँ जे आएपनी
गरीबको भलो गर्ने कानुन कहाँ छ?
कतै चित्कार कतै रोदन, क्षतबिक्षत मनहरुको
गीत, गजल, कबितामा धुन कहाँ छ?
पुर्णिमा हो भन्छौ तिमी जुन कहाँ छ?
लथालिंग चारैतिर, खै कुन कहाँ छ?

ramro chha tara kafiya
ramro chha tara kafiya nadohoriyeko vaye ati ramro hune thiyo ki kaso?
कतै चित्कार कतै रोदन,
कतै चित्कार कतै रोदन, क्षतबिक्षत मनहरुको
गीत, गजल, कबितामा धुन कहाँ छ?
अब त धुन हाल्नु पर्यो अनुभव जी , कति रोदन लेख्ने भन्या !निराशाबादी मात्र बढेर हैरान ।
दिनेश जि अनी बेनाम अतिथी जि
दिनेश जि अनी बेनाम अतिथी जि धेरै धेरै धन्यवाद….अनी अतिथिजीले भनेको जस्तै काफियाहरु दोहरिएकै हो मेरा आगामी गजलमा यो गल्ती नदोहर्याउने प्रयास गर्नेछु अनी दिनेश जि हजुरले भनेजस्तै धुन हाल्ने कोशीस गर्दैछु मेरो पछील्लो गजल प्रणयपरक हुनेछ-अनुभव