Skip to content


दोबाटोमा नभेटेको भए हुन्थ्यो
लुकिछिपी नहेरेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए हुन्थ्यो ।

बाचा कसम नदिएको भए
तर्की-तर्की हिडि दिएको भए
अङ्गालोमा नबाँधेको भए हुन्थ्यो
सुस्त सुस्त नबोलेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए हुन्थ्यो ।

एक्लै छोडी नगएको भए
उनको सिउदो नरङ्गाएको भए
हेराइमा उनको नफसेको भए हुन्थ्यो
हाँसोमा उनको नहाँसेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए हुन्थ्यो ।

2 thoughts on “किन किन”

  1. निकै राम्रो लाग्यो मलाई त
    निकै राम्रो लाग्यो मलाई त

Leave a Reply

Your email address will not be published. Required fields are marked *