बीच बाटो पुगी थाक्नेहरू धेरै
किन होला दैव भाक्नेहरू धेरै
छाक टार्न हात पसारेको देखी
बाघ मुखे थैली ढाक्नेहरू धेरै
माथि खोजी हेरेँ तै तै छ कि कोही
काम न काज फलाक्नेहरू धेरै
वरिपरि हेर्यो,गर्यो सोधपुछ
बञ्चरोले घुँडा ताक्नेहरू धेरै
“दिनेश” पाक्दैन भात यहाँ अँझै ?
बहानामा माड चाख्नेहरू धेरै
www.rajdinesh.blogspot.com

सरल शब्द संयोजनमा गहन अर्थ
सरल शब्द संयोजनमा गहन अर्थ राख्ने भावहरु, सायद तपाईको विशेषता यहि नै होला ।
मतलाको उठान नै एकदमै वजनदार छ। त्यसपछीका सबै शेरहरु सुन्दर भए पनि;
वरिपरि हेर्यो ,गर्यो सोधपुछ ।
बञ्चरोले घुँडा ताक्नेहरु धेरै ।
र अन्तीम मकता
“दिनेश” पाक्दैन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
बेजोड लाग्यो !
वाह ! वाह!!
दिलिप जी , हिजो तपाईले तयार
दिलिप जी , हिजो तपाईले तयार भएन ? भन्नु भएकोले आज समय निकालेर सकें त्यसमा पनि पहिलो कमेन्ट गरिदिनु भयो धन्यबाद ।नत्र म तपाईलाई सकें भनेर खबर गर्ने बिचारमा थिएँ ।
आजका स्वार्थी मान्छेको सजिव
आजका स्वार्थी मान्छेको सजिव चित्रण! राम्रो लाग्यो ।
——————————————-
“दिनेश” पाक्दैन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
——————————————-
आलोक
दिनेश जी,
गजल
दिनेश जी,
गजल वास्तवमै उत्कृष्ट लाग्यो । जती पढे पनि धित नै नमर्ने । । ।
बीच बाटो पुगी थाक्नेहरु धेरै ।
किन होला दैब भाक्नेहरु धेरै ।
“दिनेश” पाक्दैन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
प्रकाश
जाओस् प्रभो जाओस्। अविरल।
जाओस् प्रभो जाओस्। अविरल। सरलता र सहजताको विजोड मिश्रण।
पहिलो शेरको रोलक्रम फेर्या भए अँझ प्राकृतिक सुनिने थियो कि, भावको रुपमा। मतलब, भाक्ने बेलामा चाहिं बाह्र थोक भाक्ने तर बिचमै छोडिदिने भन्ने किसिमको continuous flow को लागि!
किन होला दैब भाक्नेहरु धेरै ।
बीच बाटो पुगी थाक्नेहरु धेरै ।
मेरो दुई कौडी!
Kumar
“दिनेश” पाक्दैन भात यहाँ अझै
“दिनेश” पाक्दैन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
ati ramro lagyo dinesh ji yo chhahi malai pani
sunil sangam
वरिपरि हेर्यो ,गर्यो सोधपुछ
वरिपरि हेर्यो ,गर्यो सोधपुछ ।
बञ्चरोले घुँडा ताक्नेहरु धेरै ।
“दिनेश” पाक्दैन भात यहाँ अझै ?
बहानामा माड चाख्नेहरु धेरै ।
यि दुई शेरहरु बिशेष मन पर्यो, तपाईंका हरेक गजलहरुमा केही नयाँ पन पाउने मेरो चाहना यो गजल ले पनि पुरा गरेको छ…..उत्कृष्ट गजलको लागि धन्यवाद