-नाङ्गी द्रौपदी
आलिशान त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपदीको प्रणाम ।
जंगल र तालहरूमा
गोपिनी नङ्ग्याउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफैं
-अस्तित्वको लागि
-अधिकारको लागि
-न्यायको लागि
-कृष्णवादको विरुद्धमा
-दुस्साशनवादको विरुद्धमा
-मनुवादको विरुद्धमा
सुलीमा चढेर
नाङ्गिन चाहन्छु
र भारी सभालाई चुनौती दिँदै
नाङ्गिंदै सडकमा
प्रदर्शित हुन चाहन्छु
दुस्साशनले मलाई नङ्ग्याएन
यो शय गजको धोती र पेटीकोटले
मलाई पुराणदेखि
आजसम्म बटारिरहेको छ
-स्वतन्त्रता
-अस्तित्व
-अधिकार
-समानता
मेरा सबै सबै
जीवनका मूल्यवान समय
त्यसैले स्वंय
यस महामानवहरूको सभामा
उपस्थित भएर
विद्रोह गर्न चाहान्छु
-योद्धा
-राजनीतिज्ञ
-समाजसेवी
-साहित्यकार
-दार्शनिक
-पत्रकार
-आम जनता
सबै सबैको बीचमा
म द्रौपदी तुरुन्तै
मेरो स्वच्छन्दताको
सीमारेखासम्म नाङ्गिन चाहान्छु
मेरो वस्त्र हरणको समयमा
-युधिष्ठिरको सत्यवादी आत्मा
-विदुरको मौन नीति
-धृतराष्ट्रको पुत्र मोह
-भीष्मको प्रतिज्ञा
-द्रोणको गुरुचरित्र
-गान्धारीको पति प्रतिज्ञा
-दुर्योधनको अभिमान
र सकुनी मामाको षडयन्त्र
रसपादनको अट्टाहास
सबै सबैलाई
हृदयदेखी धन्यवाद छ
मेरो अस्तित्वको कवच
मेरा पाण्डव पतिहरु
मलाई नै दाउमा राखेर
आफ्नो पुरुषार्थ
सिद्ध गरिरहेको बेला
स्वयं म महाभारतको
यस सभामा खडा भई
नाङ्गिएर ढुक्क हुन
र बनाउन चाहान्छु
कौरवहरुको प्यासी
लोभ र स्वाभिमानको अगाडि
कहिले नखोलिएको
मेरो नग्नताको पर्दा खोल्न चाहान्छु
अपुरो वस्त्र हरणले
म निस्सासिएकी थिए
र वस्त्रले बेरेर मलाई
बलात्कार गरिएको थियो
योनीछेद गरिएको थियो
जताततैबाट लैङ्गकि आक्रमण गरिएको थियो
म वस्त्रभित्र कुञ्जिएकी
निरीहताले जलेर राख भएकी
अपमानबोधले ‘सती’
यतिखेर आगोमा दनदनी बलिरहेकी छु
औ गान्धारीहरू
आँखा खोलेर हेर
म कसरी ‘दक्षप्रजापति’को अघि
जलिरहेकी छु
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँड्छौ
कहिले सम्म विवेकमा
ठेडी कोचेर बस्छौ
मेरो विप्लब सुन्यौ होला
यहाँ उपस्थित सबै सबैलाई
म नाङ्गिएर प्रणाम गर्दछु !!!
-नाङ्गी द्रौपदी
दिपा एवाई राई, हङकङ

यो कबिता मैले मुल बाटो डट कम
यो कबिता मैले मुल बाटो डट कम मार्फत पढेको थिए।
R. Gurung
its very intresting thanks
its very intresting thanks for including this one
निकै पेचिलो र प्रतिकारात्मक
निकै पेचिलो र प्रतिकारात्मक –निकै मनपर्यो –धन्यवाद दिपाजीलाई!
Nari mathi bhairaheko
Nari mathi bhairaheko bhedbhau, shosan ra anay ko birodh ma daring chunauti…. ho, droupadi ko sthan pandau bhai ma ke thiyo natra kasari dusshasan le uslai bejat garne himmat gare! Kamjori pandau ko pani dekhiyo. Matrisatakmak samaj ma Sunmima lai Paruhang le sammanjanak sthan ra swatantrata diyeko chha jasto lagchha. Hoina ra?
bravo!!!!!!!!!!!
bravo!!!!!!!!!!!
वा कविता !!!वा कबि !!
वा कविता !!!वा कबि !!
best poem.
best poem.