Skip to content

मार्यो नि मायाले

  • by


पुरुष स्त्री
माया मिठो माया मिठो
पहिलो यो भेटैमा दिल बस्यो
स्त्री
किन घुम्छ पापी भमरा
पहिलो यो भेटैमा नलाऊ नजर
पुरुष स्त्री
मार्यो नि मायाले
भुतुक्कै पार्यो नि हो तिम्रै मायाले

पुरुष
दायाँ बायाँ छैनन् कि त माया लाउने
दिनदिनै मायामा म त तिर्खाउने
स्त्री
बैरागी भै हिंड्छौ किन मायाको खातिर
ज्यान पाल्ने कति छ तिम्रो जागिर
पुरुष स्त्री
मार्यो नि मायाले
भुतुक्कै पार्यो नि हो तिम्रै मायाले

शब्द: राम भट्टराई
स्वर: शम्भु राई, आभा मुकारुङ
संगीत: शम्भु राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *