अब कसैसँग मायाप्रीति लाउँदिन म
तिम्रै लागि मठमन्दिर कहिले धाउँदिन म ।
गयौ टाढा मुर्छा पारी मुटुमा छुरा धसी
रुँदै-रुँदै दौडिदै तिम्रो पछि आउँदिन म ।
एकैछिन रमाएनि घातक हुँदो रैछ माया
प्रेम-पत्र पढी अब कहिले पनि रमाउँदिन म ।
लुक्दैभाग्दै हिड्छौ तिमी गगनभन्दा मािथ
मेरै अघि हिँडे हुन्छ झुक्किएरनि समाउँदिन म ।
केदार श्रेष्ठ गगन
भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू।ए।ई।च्याप्टर
www.kshitizpara.blogsome.com
