Skip to content


सम्झिएर फर्की आउनू पर्खिबसुँला
आँटो पिठो जे छ घरमा पकाइराखुँला ।

लोग्ने मान्छे कुन्निि किन भर हुँदैन भन्छन्
घरको बिर्सी जता राम्रा उतै मन लान्छन्
जहाँ गए नि मन नडुलाउनू पर्खिबसुँला
आँटो पिठो जे छ घरमा पकाइराखुँला ।

पराइ ठाउँ पराइ मान्छे कठै भन्ने कोही हुन्न
फर्कि आऊ चाँडै घर आफ्नै खोरियाबारी खन्न
तिमी आउने बाटो हेरी पात्रो कोर्दै बसुँला
आँटो पीठो जे छ घरमा पकाइराखुँला ।

केदार श्रेष्ठ गगन
भीमस्थान-५सिन्धुली
हाल-अनेसास यूएई च्याप्टर

www.kshitizpara.blogsome.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *