Skip to content

अरूसँग नजोख मलाई थाहै छ तिमीलाई म सस्तो छु
सुनगाभा कोही कोही चमेली थाहै छ तिमीलाई म काँडा हुँ

तिमी भन्छौ सुनभन्दा सस्तो हुन्छ मायाहरू
तर म भन्छु माया भन्दा महँगो छैन केही अरू
सुनसँग नदाँज मलाई थाहै छ तिमीलाई म ढुंगा हुँ
सुनगाभा कोही कोही चमेली थाहै छ तिमीलाई म काँडा हुँ

तिमी भन्छौ गुराँसभन्दा राम्रो छैन फूल अरू
तर म भन्छु गुराँसभन्दा राम्रो प्रीतिका फूलहरू
बहारसँग नदाँज मलाई थाहै छ तिमीलाई म पतझड हुँ
सुनगाभा कोही कोही चमेली थाहै छ तिमीलाई म काँडा हुँ

शब्द, स्वर, संगीत – अरूण थापा
एल्बम – ऋतुहरूमा तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *