टाढा टाढा भएछ है तिम्रो मनको दूरी
कहाँ बाट चल्यो हाम्रो बिश्वासमा हुरी
तिम्रो साथ पाउन मठ मन्दिर धाएँ
पथरको मुटु रै’छ तिम्रो धेरै दुख पाएँ
माछाझै पौडी खेल्दा जाल हान्ने धेरै भए
सारा मनका रहरहरु किनारमा त्यसै रहे
छिया–छिया पारी मुटु मैले तोड्नु पर्यो
ओइलाउदै रुख बाट पात सारी झर्नु पर्यो
तिम्रो माया माना पाथी मेरो थियो मुरी
कहाँ बाट चल्यो हाम्रो बिश्वासमा हुरी
राजन थपलिया (phone no 9841908871)
