म तिम्रो साथ छु जहाँ छौ तिमी
निसीमा याद तिम्रो कहाँ छौ तिमी
जुनेली रातमा नयन तिम्रो तलासमा
किन खोजी गरें यहाँ वहाँ छौ तिमी
तिम्रो मायामा तड्पिएछु पलपल
आभास देऊ मलाई यहाँ छौ तिमी
उदास छ मन किन छैन स्थिरमा
मेरो छायाँमा लाग्छ त्यहाँ छौ तिमी
म तिम्रो साथ छु जहाँ तिमी छौ
निसीमा याद तिम्रो काहा तिमी छौ
मनोज काफ्ले ‘मनसुन

गजलका शेरहरु राम्रा हुँदा
गजलका शेरहरु राम्रा हुँदा हुँदै पनि काफियाहरु अली कमजोर भए (शेरहरुको भाबसँग अली नमिलेजस्तो लाग्यो) जस्तो लाग्यो मनोज जि अरु राम्रै लाग्यो।
Malai pani ali jamejasto ta
Malai pani ali jamejasto ta legeko thiyen anubha ji tara post bhane gariyo aauda dinma bhabpurna gajal lyaaune chha
| मनोज जी को गज़ल धेरै पहिले
| मनोज जी को गज़ल धेरै पहिले देखी पढ्दै आएको हुँ | तै पनि यहाँ आएर मैले आफ्नो चित्त बुझाउन सकिन,
यस गज़लमा प्रशस्तै त्रुटीहरु छोड्नु भएको छ | पहिलो त !
व्याकरणीय त्रुटी ,
तिमी, कहाँ / काहाँ, जूनेली, नयन, यहाँ वहाँ, तड्पीएछु/तड्पीयछु,आभाष, यहाँ, त्यहाँ
दोश्रो
मतलाको मिशरा-ए-सानीको भाव अपुरो नै छ,
तेस्रो
लय भंगता प्रसस्तै रहेको छ र
चौथो
मक्ताको रदीफ नै उल्टोपाल्टो भएको छ, विचार गर्नु भए बेश होला |
आशा गर्दछु यस गज़ललाई सुधार गर्नु हुनेछ भन्ने |
आउँदा दिनहरुमा पूर्ण गज़लको अपेक्षा राख्दै शुभकामना छ यहाँलाई |
आशांक उपाध्याय