अब बन्ने संबिधानले,
पुराना सरचनाहरूलाई हताई नयाँ सरचनाको बिकास गरोस ।
अब बन्ने संबिधानले,
गरीब, असहाय अनि अनाथहरूलाई मुक्ति ।
अब बन्ने संबिधानले,
छुवाछुतको अन्त्य गरी पीडितलाई न्याय दिलाई दिओस ।
अब बन्ने संबिधानले,
शिक्षाको उज्यालो झाम्बातट टाढिएका हरूलाई बाटो देखाई देओस ।
अब बन्ने संबिधानले,
उच्च शिक्षा हासिल गर्न नसक्नेहरूलाई नि:शुल्क बनाइदिओस ।
अब बन्ने संबिधानले,
केन्द्रमा होइन बिकास कर्णालीमा पनि पुर्याइदिओस ।
अब बन्ने संबिधानले,
दुस्ट, फटाहा,घुस्याहा अनि रक्त पिपासुहरूको अन्त्य गरिदिओस ।
अब बन्ने संबिधानले,
हत्या हिंसा, कुसंस्कार र कुरीतिहरूलाई निर्मुल पारिदिओस ।
अशान्तिको बादल हटाई स्थायी शान्ति कायम गरोस ।
विनोद विश्वकर्मा “विप्लव ”
च्यनडाडा -४, बाझे,खोटङ । ( दिक्तेल )
सगरमाथा अच्चल (नेपल ) हाल,श्री पब्लिक उच्च मा,वी धरान -१२ कक्षा ११ मा अध्ययनरत
नयाँ रचना हो यो कुनै पनि पुस्तक मा छपिएको छैन

विनोदजी
कवितामा भन्नुभए झैं
विनोदजी
कवितामा भन्नुभए झैं सबैलाई मिल्ने र मानवीय विकासमा एक कदम अगाडि पुर्याउने संविधान नै हामी सबै नेपालीको चाहना हो।
कविताको लागि धन्यवाद अनि नयाँ वर्षको शुभकामना।
–कुमार