Skip to content


९० वर्षउकालो लागेका डायमनशमशेरलाई पुरानो जेल बसाइ सम्भँmदा कस्तो लाग्छ – पक्कै आँखामा आसु आउछ । निकै भावुक बनाउछ । तर, त्यही नख्खु जेल बसाइमा लेखिएको उपन्यास सेतो बाघको लेखकस्वबाटै उनको गुजारा चल्दैछ । विश्वका पाचवटा भाषामा अनुवाद भएको त्यो उपन्यास उनले छ वर्षलगाएर लेखेका हुन् । भन्छन्,”यसको गाता छाप्न म ब्याङ्कक पुगेको थिए । साढे सात लाख रुपिया ब्याङ्क ब्यालेन्स छ । दालभात खान पुगेकै छ ।”

राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था लादेका बेला डायमन नेपाली काङ्ग्रेस ललितपुर शाखाका सभापतिरहेछन् । उनलाई नख्खु जेलमा छ वर्षथुनियो । साथमा थिए अहिलेका प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला, स्वर्गीय मनमोहन अधिकारी, केआई सिंह, तारिणीप्रसाद कोइराला आदि ।

नख्खु जेलको वातावरण एकदमै दुःखदायी थियो । आज मार्छ कि भोलि मार्छ ठेगान थिएन । पञ्चायती व्यवस्था स्वीकार्न लोभ, लालच र धम्कीसमेत दिइन्थ्यो । उनीहरू मर्न तयार भए तर राजाको कदम स्वीकारेनन् । जेलमा उनीहरू राजनीतिक छलफल र बहसमा समय बिताउँथे । मुलुकमा प्रजातन्त्र स्थापना भएको सपना देख्थे । डायमन भन्छन्,”त्यसबेला गिरजिाप्रसादले कविता लेखेको र तारिणीप्रसादले शब्दकोश लेखेको अनि केआई सिंहले आफ्नो आत्मकथा सुनाएको अँझै सम्झन्छु ।”

आधा दर्जन उपन्यासका लेखक डायमनको सेतो बाघ प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जगतजङ्गमाथि लेखिएको उपन्यास हो । उपन्यासहरूकै माध्यमबाट उनी विश्वका सबैजसो मुलुक घुमिसकेका छन् । जेल बसाइमा साथीहरूसँग मगाएर विलियम शेक्सपियर, ओ हेनरी, ओस्कार बाइल्ड, लियो टल्सटाय, जेम्स केल्म्यानलगायत थुप्रैका कृतिहरू जेलमै पढे डायमनले । ती किताबहरू अहिले घरमा पुस्तकालय बनाएर राखेका छन् ।

बाधिन्न हात्ती माकुरे झीनो जालोले तुनेर
रोकिन्न क्रान्ति दुइचार मान्छे झ्यालखानामा थुनेर ।

२८ वर्षघि राजनीतिक बन्दीका रूपमा भैरहवामा थुनुवा जीवन बिताएका बेला मोदनाथ प्रश्रितले कोरेका पङ्क्ति हुन् यी । उनी बुटवल बहुमुखी क्याम्पसमा नेपाली विषय पढाउँथे । सरकारले क्याम्पसलाई मान्यता नदिएको विरोधमा विद्यार्थीले आन्दोलन मच्चाए । आन्दोलन उठाउने मोदनाथ जेल परे, सँगै सुरु भयो साहित्यिक यात्रा ।

जीवनको झन्डै १० वर्ष जेल बसाइमा प्रश्रतिले देवासुर सङ्ग्राम -महाकाव्य), गोलघरको सन्देश -खण्डकाव्य), चोर (उपन्यास), आस्था र प्रथा ः एक विवेचना -धार्मिक ग्रन्थ), नारी बन्धन र मुक्ति -समाजशास्त्र) लेखे । भन्छन्,”मोहनविक्रम सिंह र प्रचण्डले मेरा कतिपय कृतिहरू पाठ्यक्रममा राखेका छन् । बाबुराम भट्टर्राई, प्रदीप नेपाललगायत धेरैले मेरा कृतिहरू पढेर कम्युनिस्ट भएको बताएका छन् ।” केन्द्रीय कारागारमा उनले लेखेको गोलघरको सन्देश छापिनेबित्तिकै ३५ हजार प्रति बिक्री भएको थियो ।

‘कुरूपताको अँध्यारोमा सुन्दर साहित्य र कलाको जन्म हुन्छ’ भन्ने पाब्लो पिकासोले भनाइजस्तै हरेक सुन्दर साहित्यको जन्म अँध्यारा कालकोठरीमा भएका छन् । अभाव, पीडा र सङ्कटको घडीमा सिर्जना गरिएका साहित्य नै जीवन्त बनेका छन् । तिनीहरू नै मानवीय संवेदना उजागर गर्न र पाठकको मनमुटुमा बस्न सफल भएका छन् । खुला आकाशमाभन्दा चारैतिर पर्खालले घेरिएका अँध्यारा कोठामा सिर्जना गरिएका रचनाहरू जीवनका मार्गदर्शक बनेका छन् । जेल बसाइका क्रममा साहित्य लेख्ने स्वदेशी तथा विदेशी राजनेता र साहित्यकारहरूको सूची लामै छ ।

नेपालमा यसका अग्रणी हुन्, विश्वेश्वरप्रसाद कोइराला । उनले धेरैजसो साहित्य जेलमा नै लेखेका हुन् । स्वतन्त्र भारत आन्दोलनमा सक्रिय रहँदा पटनामा पक्राउ परेका बीपीलाई बन्दीपुर जेलमा थुनिएको थियो । त्यहीँ भारतीय प्रधानमन्त्री राजेन्द्रप्रसादले लेखेका थिए, इन्डिया डिभाइडेड । बीपीलाई राजा महेन्द्रले थुप्रैपटक जेलमा राखे । जेलबाट निस्कँदा एक दर्जन कृतिका पाण्डुलिपि लिएर निस्कने सपना पालेका थिए बीपीले । नभन्दै तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन, श्वेतभैरवी, बाबुआमा र छोरा, मेरो कथाको पाण्डुलिपि तयार पारे । लेजरक्विस्टद्वारा लिखित द साइवलको अनुवाद पनि जेलमै गरेका थिए । शरदचन्द्र चर्टर्जी, रवीन्द्रनाथ टैगोर, लियो टल्सटाय, म्याक्सिम गोर्की र इभान तर्ुगनेवका किताबहरू पढ्न रुचाउने बीपीका लेखहरू बनारस, नया दिल्ली, लन्डन, कोलकाता र पेरसिका पत्रपत्रिकाहरूमा छापिएका थिए ।

जेलभित्र लेख्न पाइँदैनथ्यो । कापी-कलम राख्नसमेत दिइएको थिएन । चौकिंदारसँग मिलेर कागज र सिसाकलम गोप्य रूपमा मगाउन बीपी सफल भएका थिए तर उनलाई लुकाउने समस्याले पिरोलिरहन्थ्यो । खाना पकाउने चुलोमा उनी सिसाकलम र कागज लुकाउँथे । बीपी मासिक ३५-४०का दरले पत्र लेख्थे । शैलजा आचार्य, रोशा, तारिणी र धरणीधर कोइराला अनि जवाहरलाल नेहरू आदि पत्र पाउनेहरूमा थिए । नेहरूलाई पठाइएको पत्रसग जोडिएको एउटा रमाइलो प्रसङ्ग छ । एकपटक पत्र लेख्न कागजको अभाव भयो बीपीलाई । हावाले उडाएर ल्याएको साबुनको खोलमा नेहरूलाई पत्र लेखे । त्यो पत्र जुत्ताको तलुवाभित्र सिलाएर गोप्य रूपमा भारत पठाइयो ।

कृष्णप्रसाद भट्टर्राई र बालचन्द्र शर्माले त्यस पत्रलाई नेहरूकहा पुर्‍याएका थिए । बीपीले लेखेको पत्र पढ्दा जवाहरलाल नेहरूका आँखाभरि आसु थियो रे ! त्यो पत्र अहिले भारतको नेहरू स्मारक सङ्ग्रहालयमा राखिएको छ । ०१८ माघ ५ गते सुन्दरीजल जेलमा बीपीले लेखेको डायरीको सानो अंश यस्तो छ,”हिजो घरबाट आएका किताबहरूलाई सुम्सुम्याए, नया किताब तरुनी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउता उल्टाइपल्टाइ हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुघ्नुपर्छ ।”

जेलभित्र विश्वका पनि थुप्रै राजनेता एव म साहित्यकारले लेखेका छन् । दक्षिण अफरिकाका राष्ट्रपति नेल्सन मन्डेलाले आफ्नो २७ वर्षो लामो जेल जीवनमा लङ वाक् टू प्रिmडम नामक किताब लेखेका छन् । त्यस्तै नाइजेरयिन लेखक केन सारो विवाले सोजाल्वाय, क्रिस अवानिले कालाकुता, हिटलरले मेनकेम्फजस्ता थुप्रै कृतिहरू जेलमा लेखेका हुन् ।

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा छोरी इन्दिरालाई जेलबाट लेखिएका पत्रहरू विश्व साहित्यमा निकै चर्चित छन् । राजनीतिमा लाग्न इन्दिरा गान्धीलाई ती पत्रहरूले निकै सघाएका थिए । भारतीय राजनेता लाला लाजपत राय, गोपालकृष्णलगायतबाट प्रभावित नेहरू र उनका पिता मोतीलाल जेलमा सँगै थिए । पिता र पुत्रलाई छ महिना जेलमा राखियो । जेलमै सुरु भयो नेहरूको साहित्यिक यात्रा । डिस्कवरी अफ इन्डिया, आत्मवृत्तँन्त र दई भागमा बाँडिएको विश्व इतिहासबारेको ठेली नेहरूले जेलमै लेखेका थिए । सबैको मन छुन सफल नेहरूले आफ्नी छोरीका लागि लेखिएको पत्रको सानो अंश यस्तो छः
“प्यारी इन्दु ! जीवन जतिसुकै कठोरपनले भरिए पनि मेरा निम्ति ज्यादै सुन्दर छ । लाग्छ, मैले अँझै कठोर कार्य गर्नुपरेको छ ।

मेराबारेमा चिन्ता नगर्नू, मैले जानीजानी आफ्नो पथ रोजेको हु । हरेक पुस्ताले आ-आफ्ना समयको सामना गर्नुपर्दछ ।”
नेहरूकै झल्को दिने गरी शिक्षा तथा संस्कृतिमन्त्री प्रदीप नेपालले ‘माघ १९’ पछि प्रहरी तालिम केन्द्र, महाराजगन्जको खप्तड जेल र दुवाकोटबाट छोरीलाई सम्बोधन गर्दै पत्र लेखे । उनी भन्छन्,”माघ १९ पछि महाराजगन्ज थुनामा रहँदा लेखिएका कथा, कविता, संस्मरण र पत्रहरूलाई किताबको रूप दिने तयारीमा छु ।”

०३३ सालमा केन्द्रीय कारागारमा रहँदा उनले सञ्जय थापाका नाममा लेखेका ५० वटा कथा शासकहरूले खोसे तर जेलमा नै क्रान्तिकारी महिला मारयिा लोरेवारोसका बारेमा लेखिएको किताब पूर्वाञ्चलमा मात्रै पाँच हजार प्रति बिक्री भयो । उनको उपन्यास स्वप्नील सहरमा नख्खु जेलमा बिताएका क्षणहरू प्रतिविम्बित छन् ।

पूर्वकम्युनिस्ट नेता राधाकृष्ण मैनालीले भैरहवा र वीरगन्ज जेलमा रहँदा बन्दीरहर लेखे । र, उनको अतीतका सम्झनाहरू जेलकै पृष्ठभूमिमा लेखिएको छ । प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जेलमा नाटक लेखेका छन् । दक्षिण अमेरिकी कम्युनिस्ट नेता चे ग्वेभाराकी महिला साथी क्लाराका बारेमा नाटक लेख्नुका साथै जेलमै नाटक खेलाए उनले । त्यसरी नाटक खेल्नेमा अहिलेका अर्थमन्त्री रामशरण महत, शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेल, खेमराज भट्ट ‘मायालु’, ईश्वर लामालगायत थिए ।

युगकवि सिद्धिचरण श्रेष्ठले अधिकांश रचना जेलमै लेखेका थिए । तिनीहरूमा उर्वशी, मेरो प्रतिविम्ब, कारागारका सम्झना, ज्यानमारा र नेवारीमा सिस्ता, फुस्वा, तृष्णा, लुमनि, धामा, ग्वयस्वा आदि हुन् । क्रान्तिकारी कविता लेखेको र राजनीतिमा लागेको अभियोगमा सिद्धिचरणलाई १८ वर्षो जेल सजाय दिइएको थियो । गङ्गालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज, जगतमान वैद्य, फत्तेबहादुर सिंह, जोगवीरसिंह कंसाकारका साथै सिद्धिचरणलाई त्यहाँ राखिएको थियो ।

राणाशासनको विरोध गरेबापत वीरगन्जमा धच गोतामे, भूपेन्द्रलाल श्रेष्ठ, ठाकुरकुमारसगै पक्राउ परेका श्यामप्रसाद शर्माले जेलमा थुनुवाको डायरी र मेरा डायरीका पाना लेखेका छन् । श्यामप्रसाद भन्छन्,”मेरा कुरा किताबमा नै समेटिएका छन् ।” श्यामप्रसाद मात्र किन – कविकेशरी चित्तधर हृदयले छ वर्षजेलमा बिताउँदा सुगत सौरभ (महाकाव्य) लेखेका छन् ।

जेल साहित्यलाई अध्ययन गर्दा भुल्नै नसकिने पाटो हो, माओवादी सशस्त्र ‘जनयुद्ध’ । त्यस क्रममा थुप्रै व्यक्तिहरू जेल परे । अधिकांशले सिर्जनामै समय बिताए । कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ले सहयोद्धा मित्रमणि आचार्यको सम्झनामा शोकाञ्जली काव्य लेखेका छन् । बन्दी र चन्द्रागिरि अनि इतिहासको यस घडीमा पनि सेनले जेलमै लेखेका हुन् ।

०५९मा भारतको पटनामा पक्राउ परेकी माओवादी कार्यकर्ता निभा शाहले जेलमा लेखिएका कविता समावेश गरेर किताब निकालेकी छन्, इन्कलाब जिन्दावाद । केन्द्रीय कारागारमा बन्दी जीवन बिताएकी निभा साथीहरूसित कविता, गीत, गजल लेख्ने गरेको सुनाउँछिन् । त्यस्तै, जनयुद्धमा लागेका गणेश भण्डारीले आस्थाको निहारकिा, गङ्गा श्रेष्ठले ज्वालामुखीमाथिको यात्रा लेखेका छन् । त्यस्तै शान्ता श्रेष्ठको अन्धकारभित्रको अन्धकार, उमा भूजेलको बन्द पर्खालदेखि खुला आकाशसम्म, कृष्ण केसीको मानव वधशाला प्रकाशित छन् । राजनीतिक अभियोग मात्र होइन, विभिन्न अभियोग लागेर थुनामा परेकाहरू पनि सिर्जनामा व्यस्त छन् ।

नेपाल साप्ताहिक
अंक २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *