Skip to content

सामान्य अर्थमा समालोचनाको अर्थ हो- गडेर हेर्नु । समालोचना ‘लुचू’ धातुले बनेको छ, जसको अर्थ हो- हेर्नु । समालोचनाअन्तर्गत आलोचना, समीक्षा, टीका-टिप्पणी, मीमांसा, विवेचना, पर्यालोचन, अनुशीलन, परिशीलन आदि अनेक शब्दहरूको प्रयोग गरिन्छ । सूक्ष्मरूपमा यस्ता शब्दहरूका आ-आˆना विशिष्ट अर्थ रहे तापनि स्थूलरूपमा भने यस्ता शब्दहरूलाई पर्यायवाची मान्न सकिन्छ । पूर्णरूपले कुनै वस्तु वा विषयविशेषको देखरेख, विवेचना, विचार-विमर्श गर्नु समालोचना शब्दसित अभीष्ट छ ।

हाम्रो मुलुकमा समालोचनाको उद्देश्य गुण-दोषको विवेचना मात्र सम्झिन्थ्यो । यसका अतिरिक्त समालोचनाको अर्को उद्देश्य मानिन्थ्यो-कविहरूका भिन्नभिन्न विशेषताको दिग्दर्शन । कुनै कवि वा पुस्तकको गुण, दोष वा सूक्ष्म विशेषता देखाउन अर्को पुस्तक तयार पार्ने चलन हामीकहाा थिएन । युरोपमा भने यस्तो चलन निकै प्रचलित थियो । साहित्यको निर्देशन वा मूल्याङ्कन गर्नु मात्र समालोचनाको उद्देश्य नभई यो त साहित्यको रूप हो भनेर एक पटक तुलनात्मक आलोचनाको विधि पनि अपनाइयो । पत्रिकाहरूमा आलोचनात्मक लेखहरू प्रकाशित हुने क्रम पनि चल्यो । तटस्थ मार्ग अपनाएर कुनै कृतिको समालोचना उसले राम्ररी गर्न सक्छ भन्ने विषयमा विद्वान्हरूमा एक प्रकारले प्रतिस्पर्धा चल्न थालेकोले यस प्रकारका लेखहरू प्रकाशित भइआएका हुन् । यति हुादा पनि समालोचनाको स्थिर रूप भने अझै देखापरेन । कसै-कसैले मनोवैज्ञानिक र ऐतिहासिक आधारमा व्याख्यात्मक आलोचनाको मार्ग निर्देशन गरे । फलतः आलोचना साहित्य निकै विस्तृत भयो । समालोचकहरूले आ-आˆना रुचिका साहित्यिक स्रष्टाहरूका कृतिको समालोचना प्रकाशित गरी उनीहरूलाई अाध्यारोबाट उज्यालोमा ल्याउने प्रयास गरे । वैदिक युगमा ऋषिहरू मन्त्रहरूको रचना गर्ने काममा लागे । सोही समयमा केही विद्वान् ब्राहृमणहरूले त्यस्ता मन्त्रहरूको व्याख्यास्वरूप ब्राहृमणग्रन्थहरूको रचना गरे । फलतः भाष्य, टीका, व्याख्या आदिका रूपमा अनेक ग्रन्थहरूको रचना हुन थाल्यो । त्यस्ता आचार्यहरूद्वारा प्रवर्तित संस्कृत साहित्यमा अलङ्कार सम्प्रदाय, रस सम्प्रदाय, ध्वनि सम्प्रदाय, रीति सम्प्रदाय, वक्रोक्ति सम्प्र दाय आदिमा आलोचनाको प्रथम दर्शन प्राप्त हुन्छ । आचार्यहरूले साहित्यको स्वरूपको विवेचना बडो सूक्ष्मरूपले गरे । यस परिप्रेक्ष्यमा

‘विक्रमदेव चरित चर्चा’ र ‘नैषध चरित चर्चा’ नाउाका पुस्तकहरूको स्थान उल्लेखनीय छ । यति काम भइसक्दा पनि संस्कृतमा आलोचनाको विकसित रूप दृष्टिगोचर हुादैन । त्यसो हुनाको कारण यो हो कि कविहरू काव्य विशेषको आलोचना पृथक्रूपले गर्दैन थिए । उनीहरू आˆना लक्षणग्रन्थमा लक्षणको उदाहरणका रूपमा कुनै कविको श्लोक सारेर त्यसको ब्याख्या गर्दथे । प्रारम्भमा यस्ता समालोचनाहरू लेख्ने काम भयो तर भाव, भाषा र विचारको दृष्टिले तिनमा उत्कृष्टता देखापरेन । कालान्तरमा भने यस दिशामा पनि कलम चलाइएकोले समालोचना परिमार्जित हुादै त्यसको स्तर बढ्दै गयो अनि अरूका लागि यो काम प्रेरणाप्रद ठहरियो ।

समालोचकको कर्तव्य

भाषा, साहित्य, भावको सम्यक् ज्ञान प्राप्त नभएसम्म कसैले पनि कुनै विषयको ठीकठीक आलोचना गर्नसक्दैन । भनिन्छ कि आलोचक तरबारको धारमा हिाड्नुपर्छ । उसले कठोर कर्तव्यको निर्वाह गर्नुपर्छ । निष्पक्ष भएर निणर्ायकको कर्तव्यपालन गर्नु उसको धर्म हो । उसले हाासको झैा नीर-क्षीर विवेचन गर्नुपर्छ । भनौा, समालोचक एउटा निणर्ायक हो, जसले निष्पक्ष न्यायाधीशका रूपमा आˆनो निर्णय सुनाउनुपर्छ । उसलै कुनै पुस्तक अथवा कविको आलोचना गर्दा व्यक्तिगत सम्बन्धप्रति ध्यान दिनु हुादैन । आलोचक भनेको एउटा कसी हो, जसमा सुनलाई घोटेर त्यो शुद्ध वा अशुद्ध के छ, त्यसको निर्णय गर्नुपर्छ । उसले काव्यको राम्रो पक्षको प्रशंसा गर्नुपर्छ । काव्यमा कुनै वा केही त्रुटि फेला परेमा त्यसमा परिमार्जनको सुझाउ दिई विनयपूर्वक कविको ध्यान त्यसतर्फ आकषिर्त गर्नुपर्छ । अर्थात् काव्यसम्बन्धी दोषको सम्यक् आलोचना गर्दै भविष्यको मार्गलाई परिस्कृत तुल्याउनुपर्छ, उसलाई विषयको पूर्ण ज्ञान हुनु आवश्यक छ । आलोचना र आलोचक- यी दुवैले साहित्य र साहित्यकारका लागि पथप्रदर्शन गर्दछन् । आलोचनाको मुख्य उद्देश्य हो- साहित्यको दिशालाई परिवर्तित गर्नु, त्यसमा नियन्त्रण गर्नु र समयसमयमा त्रुटितिर ध्यान आकषिर्त गराएर आगामी सत्साहित्यको सिर्जना गर्न प्रेरणा दिनु । यसो भएमा आलोचनाले नयाा साहित्य-सिर्जनामा सक्रिय भाग लिन्छ । आˆना कृतिको कटु आलोचनादेखि लेखक, कवि, भयभीत पनि हुनु हुादैन । रचनाकारहरूले बुझ्नुपर्ने खास कुरो यो हो कि – आलोचक वा समालोचना साहित्यको बाधक नभई सहायक, सुधारक र प्रेरक हो । कुनै असल लेखकको कृतिको आलोचना निर्बल मानसिकताको आलोचकले गर्‍यो भने साहित्यकार निराश हुन्छ नैÙ यसका साथै साहित्य एउटा राम्रो प्रतिभादेखि वञ्चित हुनजान्छ । त्यसैले आलोचनाको जिम्मेवारी लिनुभन्दा पहिले आलोचक सुयोग्य र पक्षपातहीन बन्न सक्नुपर्छ । आलोचक विनयशील हुनु आवश्यक छ । एउटा विचारणीय प्रसङ्ग के हो भने जुन समयको कवि वा रचनाबारे उसले कलम चलाउन थाल्छ, त्यस समयको स्थितिसित ऊ पूर्ण परिचित हुनुपर्छ । आलोचकको पाण्डित्य यसैमा छ कि उसको आलोचना सबै समयमा सबैका लागि समानरूपले ग्राहृय होस् ।

अर्थबोध

समालोचकका लागि अर्थबोधको आवश्यकता सर्वोपरि छ । कोश र व्याकरणबाट पनि अर्थबोध हुन सक्छ तर यी दुई वस्तुहरू मात्र पर्याप्त छैनन् । विभिन्न पुस्तकहरू बराबर पढ्नाले पनि अर्थबोधको दिशामा केही ज्ञान अवश्य प्राप्त हुन आउाछ । यसो भए तापनि विस्तृत अध्ययनका साथै साहित्यिक परम्परा र व्यवहारको ज्ञान पनि उत्तिकै आवश्यक हुन आउाछ । कविको दृष्टिकोणको परिचय प्राप्त गर्नु पनि अर्थबोधको दिशामा एउटा महìवपूर्ण उपलब्धि हो । कुनै शब्दको अर्थ लाउादा सो भाषा वा बोलीविशेष बोल्ने मान्छेसित सोधपुछ गर्नु बेस हो । यसबाट अर्थबोधसम्बन्धी विषयमा केही जानकारी प्राप्त हुन्छ ।

परिस्थितिबोध

कविको कृति व्यक्ति र वातावरणको सङ्घर्षको परिणाम हो । त्यसो हुादा कुनै कविको कृतिबारे ठीकठीक ज्ञान प्राप्त गर्नु छ भने उसको समयका सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक विचारधारा र प्रवृत्तिको अध्ययन गर्नुपर्छ । त्यसबेलाको परिस्थिति कस्तो थियो र ऊ सो परिस्थितिदेखि कत्तिको प्रभावित भएको थियो ? कवि परिस्थितिदेखि प्रभावित भए तापनि उसबेला विद्यमान विशेष पारिवारिक स्थितिअनुसार उसको आˆनो मानसिक झुकाउ हुन्छ । यसरी निजी परिस्थितिबाट उत्पन्न मानसिक प्रवृत्तिको अध्ययन मनोवैज्ञानिक आलोचनाको विषय हुन आउाछ । त्यसैले कविको दृष्टिकोणको परिचय प्राप्त गरेपछि उसको कृतिको अध्ययन गर्न सुविधा हुन्छ । बाहृय परिस्थितिको अध्ययन र कविमा परेको त्यसको प्रभाव ऐतिहासिक आलोचनाको विषय हुन आउाछ । यसरी परिस्थितिबोध पनि समालोचनाका लागि उत्तिकै आवश्यक छ ।

लक्ष्यबोध

कवि वा लेखक विधायक वा रचयिता पनि हुन् । कविको मूल उद्देश्य के हो र उनी के कुरा भन्न चाहन्छन्, सो हामीले बुझ्न सक्नुपर्छ । कवि वा लेखकले कुनै नयाा सामाजिक प्रयोग त गरेको छैन ? उसको लक्ष्यसित हाम्रो मतैक्य छ वा विरोध ? कविको वातावरण कहाासम्म उसको अनुकूल छ अथवा कहाासम्म प्रतिकूल ? अनुकूल भए त्यसमा विजय प्राप्त गर्न कवि कतिसम्म सफल भएको छ, अथवा प्रतिकूल भए त्योसित कवि कत्तिको दबेको छ ? यस प्रकार, कवि वा लेखकको परिस्थितिको अध्ययनबाट हामीलाई लक्ष्य थाहा हुन सक्छ । पाठकहरूले कवि वा लेखकका कृतिको वाहृय र आन्तरिक परिस्थितिको आलोकमा अध्ययन गरेर त्यसको लक्ष्य राम्ररी बुझ्न सकून् अनि आलोचकका साथ कृतिको रसास्वादन गर्न सकून् ।

सौन्दर्यबोध

मानिसको रुचि र रसिकतामा सौन्दयबोध निर्भर गर्दछ । सौन्दर्यबोधबारे हामकीले विचार गर्नुपर्ने मुख्य कुरो यो हो कि यथार्थमा कविको विशेष सौन्दर्य कुन कुरोमा छ ? त्यो सौन्दर्य स्वाभाविक छ अथवा अलङ्कार वा अन्य परम्परायुक्त साधनहरूमा निर्भर छ ? यीमध्ये कुन चाहिाले हामीमाथि प्रभाव पार्दछ ? शारीरिक सौन्दर्यका लागि कवि वा लेखकले शक्ति, सङ्कट, माधुर्य, कोमलता, क्षणक्षणमा नवीनता इत्यादिको आश्रय लिन्छ । थोरै शब्दहरूमा विशेष सौन्दर्यको पुट दिनु कविको काव्यात्मक प्रतिभा हो । रसिकता र रुचि जन्मसिद्ध हुन्छÙ तापनि अभ्यास र अध्ययनको नवीन संस्कारले त्यसमा प्रशस्त योगदान दिन सक्छ । रुचिलाई, परिमार्जन गर्नका लागि प्राचीन र नवीन कविहरूका कृतिको आस्वादपूर्वक अध्ययन बेस हुन्छ ।

तुलनात्मक परीक्षा

कविको समय र विषय बुझेर सोही विषयका तत्कालीन र भिन्नकालीन कविहरूका कृतिको अध्ययन गर्नु लाभप्रद हुन्छ । यसो गर्दा कविको मौलिकताको जानकारी प्राप्त हुनुका साथै काव्यको उत्तमता अथवा अनुत्तमताको पनि बोध हुन्छ । कविहरूमा कविको तुलनात्मक अध्ययनबाट विदित हुन्छ कि उनीहरूले परम्परा मुक्त कुराबाट वा निजी अनुभवबाट लेखेका छन् । परम्परायुक्त कुराहरूमा पनि मौलिकता ल्याउन सकिने हुनाले कवि वा लेखक मौलिकता ल्याउन कतिसम्म सफल भएका छन् वा भएका छैनन् ? भाषा र भाव- दुवै दृष्टिले यस प्रकारको तुलनात्मक अध्ययन गर्न सकिन्छ । कविहरूको सापेक्षित मूल्य निर्धारित गर्न कहिलेकाहीा यस्तो आलोचनालाई साधन तुल्याइन्छ ।

शक्ति र सन्तुलन

कुनै समालोचक यस्तो हुन्छ, जसले आˆनो विचारशक्तिमा सन्तुलन कायम गर्छ तर उसमा शक्तिको कमी हुन्छ । यसको विपरीत, असल कलाकारले सन्तुलन कायम राख्नुका साथै शक्तिमा ह्रास हुन दिादैन । कविको कवित्वशक्ति कल्पना र भावजगत्सित बढी सम्बन्धित हुन्छ । यसो भए तापनि बुद्धि र वास्तविकताको उपेक्षा गर्न सकिन्न । विचारणीय कुरो यो हो कविले यो कुरो राम्ररी बुझोस् कि उसको कृति वास्तविकतादेखि यति पर त गएको छैन कि यस संसारदेखि त्यो टाढाको वस्तु होस् । त्यसैले शक्ति र सन्तुलनको महìव अनिवार्य सम्भिmएको छ ।

निष्कर्ष

कुनै कृतिको सम्यक् समालोचना गर्नु निश्चय नै बडो गाह्रो काम हो । समालोचकले स्वविवेक र तटस्थताको मर्यादा सदैव पालन गर्नुपर्छ । उसले यस्तो मध्यम मार्ग अपनाएर समालोचना गर्नुपर्छ कि पाठकलाई विश्वास होस् कि कृतिको यथार्थ चित्रण गर्न ऊ पूर्णरूपमा सफल भएको छ । यस काममा हुने उसको सानोभन्दा सानो त्रुटिले अर्थको अनर्थ गरिदिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *