Skip to content


२०२१ सालको कुनै महिना । कुनै दिन । बागबजारमा तिनताक एउटा होटल थियो । त्यहा“ हिन्दीका केही प्रख्यात कवि आएर बसेका थिए । कुनै निम्तोमा । र्सर्वेश्वर दयाल सक्सेनाको विविध सङ्ग्रह काठ की घन्टिया“ मैले मगाएरै पढेको थिए“ । उनीहरूबाट प्रभावित भएर मैले चिट्ठी पनि लेखेको थिए“ । आशय थियो, ‘पागल कुत्तो का मसिहा’ भन्ने उनको अत्यन्त चर्चित र मलाई मन परेको कथाको नेपालीमा अनुवाद गर्ने अनुमति माग्नु । र्सर्वेश्वरले सहर्षअनुमति दि“दै एउटा लामै पत्र लेखेका थिए । त्यस्ता र्सर्वेश्वर आउ“दा मेरो भेट्ने उत्सुकता तीव्र हुनु स्वाभाविक थियो । र्सर्वेश्वरको नाउ“ भने पहिलोपटक मैले ध.च. गोतामेबाट सुनेको हु“ । उनले पनि मन पराएको कविका रूपमा ।
र्सर्वेश्वरका साथ भारतभूषण अग्रवाल, बालस्वरूप राही आदि प्रसिद्ध साहित्यकार पनि थिए । तिनैसित एक दिन ती बसेको होटेलमा भेट्ने कार्यक्रम बन्यो । त्यसलाई संयोग नै भन्छु, त्यतिखेर ती कविहरू कुनै अन्य कार्यक्रममा गएका हुनाले भेट भएनन् । हामी बाहिर निस् केर आयौ“ । अन्य कोको थिए, म त्यति सम्झन्न“, बानीरा गिरि थिइन् । उनैले प्रस्ताव गरि न्, पारिजातलाई भेट्न जाऊ“ । यसैलाई मैले संयोग भनेको हु“ । कारण छ ।
त्यस बखत शिरीषको फूल प्रकाशित नभइसके पनि पारिजात चर्चित भइसकेकी थिइन् । बानीरा पनि चर्चित थिइन् । म भने लेखनमा भर्खर वर्षदिनको वामे र्सर्ने शिशुसमान थिए“ । प्रकाशनका दृष्टिले । त्यस् तोमा बानीराका साथ पारिजातलाई भेट्न जानु मेरा लागि महत्त्वपर्ूण्ा थियो ।
पारिजात पुतलीसडकको एउटा घरमा बस्थिन् । झ्यालबाट सडक देखिन्थ्यो । हामी त्यही घरमा गएका थियौ“ ।
पहिलोपटक भेट्दै उनको कवित्व र कथाबाट प्रभावित भइसकेको म, उनको व्यवहारबाट पनि प्रभावित भए“ ।
काठमाडौ“ त्यसबखत यति चापिलो थिएन । पारिजातकहा“ जति भेट्न आउ“थे, सबैसित सबको परिचय हुन्थ्यो । बाहिर भेट्दा पनि कुराकानी गर्न मिल्ने गरी । पारिजातका प्रशंसक साहित्यिक व्यक्ति मात्र थिएनन्, गैरसाहित्यिक पनि थिए । असल मानिसहरू थिए । कोहीकोही अलिक अर्कै खालका पनि । पारिजातको व्यक्तित्वले सबैलाई जितेको थियो माने आत्मीय बनाएको थियो । व्यक्तित्वमा स्वभाव पनि मिसिएको मान्नर्ुपर्छ । उनको स्वभाव शान्त थियो । मसिनो आवाजमा कुरा गर्थिन् । त्यही“ भूपी शेरचन, द्वारिका श्रेष्ठ, मदन रेग्मी, मोहन कोइराला र कृष्णभक्त श्रेष्ठ आदिसित पनि भेट हुन्थ्यो । मेरो पनि उहा“कहा“ जाने र खाने क्रम बढ्दै गयो । सुकन्यालाई पनि त्यही“ भेट्थ्यौ“ । एक प्रकारले साहित्यकारहरूको केन्द्र नै थियो पारिजातको डेरा ।
केही अझै घनिष्टता बढेपछि विभिन्न परिकारहरू खा“दै पनि लामो साहित्यिक कुरा गर्न थालियो । पारिजातकहा“ खानेकुरा पनि विभिन्न प्रकारका खाइन्थ्यो । उनका बहिनीहरूको रुचिले पनि हुनसक्छ । पछि पनि यो क्रम चलिरह्यो अर्थात् अन्त्यसम्म पनि । भेट हुने क्रम कम भयो पछि विभिन्न कारणले तर आत्मीयता कम भएर भने होइन । हामी सधै“ त्यत्तिकै आत्मीय भइरह्यौ“ ।
एकपटक केही समयका लागि भेटघाट हुन सकेन । एक्कासि एक रात पारिजातको टेलिफोन आयो । त्यो एक टेलिफोनले धेरै दिनको अन्तराल पुरेको थियो । उनले आफ्नो नया“ डेराबारे बताइन् । त्यसपछि फेरि जाने क्रममा वृद्धि भइहाल्यो ।
पारिजातले जति डेरा सरिन्, म सबैमा गएको छु । एक-दर्ुइपटक यस्तो पनि भएको थियो, पारिजातले लेखेको कुनै कथा प्रकाशित भएपछि म अड्कलले भन्थे“, यो पात्र फलानो हो  - अड्कल प्रायः मिल्थ्यो । उनीहरूलाई रमाइलो केमा लाग्थ्यो भने, त्यो पात्रसित मेरो चिनजान हु“दैनथ्यो, केवल कहिलेकाही“ पारिजातकहा“ देख्थे“ । त्यस नाताले बाहिर देखादेखसम्म भएको हुन्थ्यो ।
हामी कतिपटक गीत गाएर बस्थ्यौ“ । पारि जात र सुकन्या दुवैको आवाज राम्रँे थियो । उनीहरू प्रायः लोकगीत गाउ“थे । म प्रायः हिन्दी फिल्मका गीत ।
साहित्यमाथि निकै बहस हुन्थ्यो, पारिजातको घरमा । विभिन्न किसिमका साहित्यकार बहसमा भाग लिन्थे । त्यस बखत परम्परावादी साहित्यकार र प्रयोगशील लेखकका बीचमा बहस चलिरहन्थ्यो, लिखित र मौखिक रूपमा । पारिजात मौखिक रूपमा त भाग लिन्थिन् तर लिखित रूपमा भाग लिने उनलाई त्यति आवश्यकता पर्दैन थियो । सबै मान्थे पारिजातलाई ।
भूपी पनि त्यहा“ आइरहन्थे । दुवै मित्र थिए । पछि केही अन्तर आएको पनि भन्न सक्छु । भूपीको अत्यन्त चर्चित एक कविता ‘यो हल्लैहल्लाको देश हो’ २०२४ को रूपरेखाको नववर्षविशेषाङ्कमा छापिएको थियो । त्यसैमा मेरो पहिलो उपन्यास अन्त्यपछि समग्र छापिएको थियो । भूपीको कविता अत्यन्त चर्चित भएको थियो । त्यसमा एक ठाउ“मा ‘सरस्वतीकी वरदपुत्री…’ भनेर लेखिएको छ । त्यो वरदपुत्री अरू कोही होइन, पारिजात नै थिइन् । मलाई भूपीले नै पछि बताएका थिए ।
पारिजात शिरीषको फूल लेख्दै थिइन्, मेरो भेट हु“दा थाहा थिएन शिरीषको फूलले त्यत्रो इतिहास रच्ला । पुस्तकको मोटोपन चाहि“दो रहेनछ इतिहास बनाउन । त्यसमा शङ्कर लामिछानेले भूमिका अत्यन्त प्रभावकारी लेखेका थिए । भूमिका निकै चर्चित भएको थियो । पारिजातको भाषाशैलीको काव्यात्मकताबारे मुग्ध भावले पाठकले विमर्श गरे । सम्भवतः शिरीषको फूल आफ्नो उदाहण आफै“ बन्यो । पारिजात चर्चित पहिलेदेखि नै थिइन् । एउटै शिरीषको फूलले पारिजातलाई यति उचाइमा पुर्‍याइदियो, जसको उदाहरण पाउन सजिलो छैन । शिरीषको फूल त्यस समयको र्सवश्रेष्ठ उपन्यास मानियो ।
एकदिन पारिजातकहा“ म बसिरहेको थिए“ । ०२२ सालको कुरा हो । अपराह्नको समय थियो । एक्कासि त्यहा“ कहिल्यै नदेखिएका व्यक्ति देखा परे कमलमणि दीक्षित । उनले ०२२ को मदन पुरस्कार शिरीषको फूलले प्राप्त गरेको समाचार सुनाए । सुनाएर हि“डी पनि हाले । रमाइलो मान्यौ“ । मलाई एउटा अर्को रमाइलो पनि भयो, जुन अझै पनि सम्झन मन लाग्छ । त्यो एक मात्र यस्तो पुरस्कार भयो, जुन प्राप्त गर्ने र मैले स“गै सुने“, त्यो पनि प्रत्यक्ष आयोजकद्वारा ।
पारिजात प्रतिक्रिया पनि जनाउ“थिन् । उनको प्रतिक्रिया जनाउने तरिका भलाद्मी पाराको हुन्थ्यो । एकपटक एक समालोचकले शिरीषको फूलकी नायिकाबारे केही लेखेका थिए, जुन पारिजातलर्ँइ निको लागेन । उनले त्यसको प्रतिक्रियामा केही लेखेकी थिइन् । त्यो प्रकाशित भयो कि भएन, त्यो भने मलाई सम्झना भएन ।
यी सब पञ्चायककालका कुरा हुन् । एकपटक म वीरगन्ज जान भनेर बसपार्कमा बस चढ्नै आ“टेको थिए“, पा“च-सात जना केटीहरू मनिर आए । चिट्ठी दिए । चिट्ठी पारिजातको थियो । सङ्क्षिप्त । त्यसको बेहोरा थियो, ‘भूमिगत रूपमा पञ्चायतविरुद्ध काम गरिरहेका यस सङ्गठनका केटीहरूलाई सहयोग गरिदिनू’ । दर्ुइ कारणले मैले सहयोग गरे“ । एक यी एक क्रान्तिकारी सङ्गठनमा लागेका केटीहरू थिए । दर्ुइ, त्यस्तो चिट्ठी त्यसबखत कसैले कसैलाई लेख्नु, लेख्ने र पाउने दुवैका लागि खतरनाक मानिन्थ्यो । सहयोग गरेको थाहा पाउ“दा त झन् भयानक हुन सक्थ्यो । त्यस्तोमा लेख्नेको खतरा झन् बढी हुन सक्थ्यो । पारिजातले मलाई पत्याएर त्यस्तो चिट्ठी लेखेकी थिइन् भने त्यसको आदर त मैले गर्नैपर्दथ्यो । गरे“ । त्यो चिट्ठी पछि मसित हराउला भनेर एक मित्रलाई राख्न दिएको त थिए“ तर सुरक्षित छ कि छैन, भन्न सक्दिन“ ।
पारिजातलाई उनको लेखन, स्वभाव र समर्पित भाव सबका लागि सधै“ सम्मान गरिर हनेछु । एक वास्तविक मित्रका रूपमा पनि निकै बढी आदर छ मेरो मनमा ।

नेपाल साप्ताहिक ३०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *