नक्कलीलाई भगाइलग्यो झिल्केले
झिल्केलाई ताल पर्यो
तिमी हामी सोझालाई फ्वाँकैमा गाल पर्यो
नक्कलीलाई भगायो झिल्केले!
पहिलेदेखि हामरो माया-पिरती थियो रे
विन्ध्यावासिनी थानैमा औंठी चिनो दियो रे
न त कहिले भेटेको न त कहिले देखेको
त्यही मोरी नक्कलीलाई मोहनी लगाइदियो रे
दिनदशा लागेर हो कि अचम्मै के यस्तो चाल पर्यो
तिमी हामी सोझालाई ब्यर्थैमा गाल पर्यो
नक्कलीलाई भगायो झिल्केले
तिमी हामी भनेसी हुरुक्कै तिनी हुन्थिन् रे
दुई चार दिन कतै गए सम्झी सम्झी रुन्थिन् रे
पराईले गाउँदा दुबै कान थुन्थिन् रे!
हामीले गायौं भने निद्रामा पनि सुन्थिन् रे!
के यस्तो देख्नु पर्यो अचम्मै कसले पो जाल गर्यो
तिमी हामी सोझालाई ब्यर्थैमा गाल पर्यो
नक्कलीलाई भगायो झिल्केले
स्वर – सरोज गोपाल बज्राचार्य
