सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै
कतिमा राम्रो दरबार, मार्यो नि मायाले मार्यो
आजकालको जोबनमा हेर सुन्तली मै
कस्तो पो होला घरबार, मार्यो नि मायाले मार्यो
परेली झिम्काइ मस्केर हिंड्ने सुन्तली मै
बैसपो छदा छदै, मार्यो नि मायाले मार्यो
मुटुमा मेरो जलाई पो दियौ सुन्तली मै
म त पो हुँदा हुँदै, मार्यो नि मायाले मार्यो
सोह्रमा बर्षे जवानीमा सुन्तली मै
केलाई पो हिड्छौ तर्केर, मार्यो नि मायाले मार्यो
बैसमा लाहुर गए पनि सुनतली मै
आउछु म त फर्केर, मार्यो नि मायाले मार्यो
स्वर – कृष्णविक्रम थापा
