Skip to content

माथि माथि सैलुङ्गेमा

  • by


माथि माथि सैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ

कति खोज्छन दिन यो रानी मालिङ्गो त
कति हेर्छन् तामाङ सेलो डाँफे मुनाल त
येस्तै येस्तै नहेरेर मलाई सताउनेलाई
भन्दिनू है भन्दिनू मेरो जोवन खाली छ
उनको त्यो मनै जाली छ

मैले जति मारुनी कल्ले नाचेको छ
कुमारीको बैंस जस्तो कुन फूल हाँसेको छ
जानी-जानी येस्तो बेला मलाई रुवौनेलै
भन्दिनू है भन्दिनू मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ

शब्द – श्रवण मुकारुङ
स्वर – कुन्ती मोक्तान
संगीत – शीलाबहादुर मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *