Skip to content

यो बादल यो वर्षा अनि भेलमा

  • by


यो बादल यो वर्षा अनि भेलमा
पर्खिबसें हर परिवेशमा

खोलासँगै बगिरहें तालजस्तै रहिरहें
बादल बनी आकाशमा तिमीलाई खोज्दै बहिरहें
यी खोला यी नाला अनि भीरमा

फूल जस्तै फुल्दै रहें हावासँगै झुम्दैरहें
मिलनको आशा बोकी क्षितिजभरि घुम्दैरहें
यो मौसम हरियाली यो बहारमा

शब्द – विशालजी पालिखे
स्वर – तिलक बम मल्ल
संगीत – नारायण रायमाझी

Leave a Reply

Your email address will not be published. Required fields are marked *