थाङ्नो हुन्छ तास कुचिन
प्रयोजनहीन झुम्रो
विषाक्त आˆनै शरीरबाट
निस्कन्छ जसरी जुम्रो ।
चुपचाप कहिल्यै मौन हुन्न
जिन्दगी बग्ने खोला
हाास्नुपर्छ निर्झर नाच्नै
गतिशील जीवन चोला ।
रुादैनन् हिमाल सिरेटो बतास
आाधीले हानेर
को लान सक्छ अजम्बर आकाश
डोरीले बानेर
हत्केलामा अट्तैन कहिल्यै
हृयूाचुली उद्गम मूल
पीडा हुन्छ आˆनै भूल
विरसिलो हुन्छ शूल
मौन आकाश पीयूष – प्यास
प्रीत छोपिरहन्छन्
नदी उर्लि बगिरहन्छन्
सम्झना ब्युझी झन्झन् ।
-वशिष्ठधाम, निर्झर सिन्धुवस्ती
