Skip to content

साँढेको सिङबाट चुहेको दूध

  • by


मेरा आँखा अगाडि
बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट
अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन्
र मानव भीड पङ्क्तिबद्ध
दूधेरो बोकेर उभिएको छ
कसैका बाल्टीभरि दूध छ
कसैका करुवाभरि
कोही त ड्रम बोकेर आएका छन्
गाउगाउहरूबाट
बस्तीहरूबाट
हो, हिजोसम्म साँढेको दाइ थियो
ती सिङहरूले सिगौरी खेल्दा
अनगिन्ती घरहरू भत्किए
कतिका झोपडीहरू ध्वस्त भए
बुर्लुक्क उफ्रदै कुद्दा
जिपसहित पुल भत्काउने साँढे
बिजुलीका पोल र विद्युत्गृहका मेसिन
ध्वस्त पार्ने साँढे
रातभरि मान्छेका करेसाबारीको बाली
सखाप पार्ने साँढे
घरका ढोका फोर्दै डालोको पीठो भकुर्दै
र आँगनको विस्कुन सखाप पार्ने साँढे
डाको न बोलायो
गजधम्म बलेसीमा उग्राउने
र बाटो ढाक्ने गरी लम्पसार पर्ने साँढे
जङ्गलजङ्गल डुक्रदै हिड्ने साँढे
उसका सिङमा झुण्डिएर धेरै मरे
कति घाइते भए बोल्नै नसक्ने र
हिाड्नै नसक्ने भए
मानिसहरूले दाम्चालेे हिर्काउने कोसिस गरे
डोरीले बाँध्ने प्रयत्न गरे
उधुम विगुचो गरिरहृयो यसले
सााढेकै कारण कति परिवारको
विस्थापन भयो,
अन्धकारमा झुल्किने
उज्यालोमा उम्किने
जुन साढेका सिङमा दिनरात रगतका टाटाहरू सिवाय
अरू देख्नु दुर्लभजस्तै थियो
तर अब चोला फेरिएको छ ।
सााढेका सिङबाट धरधरी दूधका धाराहरू
चुहुन थालेका छन् ।
गाउाका गाईहरू थारै बस्न थालेपछि
व्याकुल भएका गाउलेहरू र निस्ताएका शिशुहरू
प्रसन्न छन्, दङ्ग छन्
सााढेकै भए पनि दूध पिउन पाएका छन्
के फरक पर्छ र पिउनुसम्मको त कुरा हो ।
आज गाउभरि रमिता छ
साढेको सिङबाट दूधको वषर्ा भएको हेर्ने तमासेहरूको भीड छ
छरछिमेकका मान्छेहरू टाढा टाढाबाट आएका पाहुनाहरू
क्यामेरा, भिडिओ, क्यासेट सबैमा कैद गर्दैछन्
यस दृश्यले
संसार छक्क छ
प्राणी विशेषज्ञहरू आश्चर्यमा परेका छन्
गोरुको सिङ सुत्केरी भएर
दूध दिने भएको छ ।
आज सााढे पनि शान्त छ, चुपचाप छ, मौन छ ।
शिर ठड्याएर तर सिङ घोप्टाएर उभिएको छ ऊ ।
अब झोपडी र घरहरू भत्कने छैनन्,
अब पुलपुलेसाहरू र अरू संयन्त्रहरू ध्वस्त हुने छैनन् ,
अब करेसाबारीको विनाश रोकिनेछ,
सडक र गल्लीहरू अवरुद्ध हुने छैनन् ।
किसानले बालीनाली अब सजिलै भित्र्याउन पाउने छन् ।
साहित्यकार, पत्रकार, सङ्गीतकार संस्कृतिकर्मी
बाजागाजा रागसुर ताल शब्द सबै एकै पटक जोडेर समवेत स्वरमा
मङ्गलगीत गाइरहेका छन्
सााढेमाथि प्रशंसाको वषर्ा भइरहेको छ
यौटै लय, यौटै भविष्य, यौटै भरोसा
साढे र साढेको दूधालु सिङ ।
वेत बसेका र थारा भएर बसेका गाईहरूका लागि अब झोक्राउनुको विकल्प पनि छैन
तिनीहरूले घासपानी सबै छाडे,
जसोतसो जीवन को धुक्धुकी चल्न भने छाडेको छैन तिनीहरूको
जसको प्रजनन् क्षमता विनाश भइसकेको छ
बिनाप्रजनन् दूध आउने होइन,
विचरा, थारा गाईहरू
कहिलेकाहीा चरण र घाासपात नपाउादा
खोले र पानी नपाउदा
मानव मलसमेत
तिनीहरूले आहारा बनाउन छाडेनन्
गाई भनेर के गर्नु मति बिगि्रएपछि
कसको के लाग्छ र ?
जति पूजा गरे पनि, जति छिछि गरे पनि
मानिसहरू तिनीहरूमा नै निर्भर थिए ।
अब दिन फेरिएको छ
गाईहरू थारै बसेर के भो त ?
सााढेको सिङबाट दूधको मूल फुट्न थालेको छ
तैपनि सााढेले नयाा शिशु दिन्छ कि दिादैन
क्रमशः सन्देहले आकार ग्रहण गर्न लागेको छ ।
किनकि नयाा शिशुबिना वंश चल्नेवाला छैन
र, शिशुका लागि गर्भाधान गर्न ऊ अझै समर्थ भइसकेको छैन ,
अरू कुनै विदेशी, विकासे, कि विदेशी कुनै सााढे अनिवार्य छ
यसै पनि आमाशय नभएको सााढेमा
शिशु गर्भस्थ कसरी हुन सक्छ र ?
सााढे भित्रभित्रै सोचमग्न छ
मानिसहरूको भीड झन्झन् बढ्दै गएको छ
दूध भर्नेहरू थपिादै छन् ।
तर सााढेको चिन्ता अर्कै छ
निःसन्तान भएर पो मरिने हो कि ?
तर दूध थाप्न आउनेहरू निश्चिन्त छन्, निःपृह छन् ।
उनीहरूको स्वार्थ साढेको कुनै सन्तानसाग जोडिएको छैन
एक बाल्टी दूधसाग मात्र हो
ग्ाोरु ब्याओस् कि नब्याओस् दूध भए पुगिहाल्यो
दूध चुहिरहेसम्म र सिङ नभाचिएसम्म उनीहरू पुजा गरिरहने छन्
जब सिङ भाचिने छ र दूध रोकिने छ
मानिसहरू आफै तितरवितर हुनेछन्
त्यसबेलाको एक्लो वृद्ध साढे
उठेर फेरि सिगौरी खेल्न खोज्ने हो कि
डुक्रिदै करेसाबारी फाड्न दगुर्ने हो ?
डर पनि छ शङ्का पनि छ
त्यसबेलामा मान्छेहरू लुक्ने हुन् कि लखेट्ने हुन्
र दूधालु साढे कता पुग्ने हो
यसको उत्तर हामीसाग पनि छैन र सम्भवतः साढेसाग पनि छैन ।

-कपन ३, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *