उडायो सपना सबै हुरीले
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो प्रीति थियो
मायाप्रीतिको नटुट्ने डोरी कसले काट्यो छुरीले
पुनर्जन्ममा पूर्व-जन्मको केही अंश थियो
खोलानाला र झरना पहाडको मिठो संगीत थियो
कहाँबाट आयो अलछिने बतास उडाइलग्यो निष्ठुरीले
शब्द, स्वर, संगीत – मुरलीधर
