Skip to content


विन्द्या सुब्बाको निर्गमन उपन्यास पढेपछि मभित्र एउटा प्रश्न आइरह्यो, अक्षयलाई असाध्य माया गर्ने, परागलाई स्नेह गर्ने एक मेधावी, उच्चशिक्षित, सबल चरत्रि भएकी स्थानीय कलेजकी प्राध्यापक तथा त्यस घरकी तृष्णाले अचानक गृहत्याग किन गरिन् – गत वर्षसिलगढीमा भेट हुँदा मैले उनीसमक्ष जिज्ञासा राख्दा उनले अत्यन्त सहज जवाफ दिइन्, दाइको प्रश्नको जवाफ निर्गमनभित्रै छ । त्यहाँ नै खोजी गर्नूस् । यसपछि मैले सो उपन्यास दोहोर्‍याएर पढेँ । यसका पूर्वाभासका केही हरफहरू मैले टिपेँ । तृष्णामा बढी आफ्नो पेसाप्रति गम्भीरता र लेखनप्रति प्रतिबद्धता र र्समर्पण रहेछ । …पेसागत नारीबाहेक म एक लेखक पनि हुँ, त्यो त थाहा छँदैछ तपाईंलाई…। यस उपन्यासबारे बैरागी काइलाले ज्ञानको खोजी र प्राप्तिमा पुरुषहरूको एकाधिकारलाई तोड्दै नारीले घर (परम्परा र रुढी) त्यागेर हिँडेको र्सवथा नयाँ समाजशास्त्रीय आख्यान हो भनेका छन् भने कृष्ण धराबासीले कुनै खास कारण खुलेको छैन, नायिकाले एकाएक घर छाडेर हिँड्नुपर्ने तर तिनी हिँडेकी छन् भनेर लेखेका छन् । मभित्र उपन्यासको पात्रा तृष्णाले साह्रै छोइरही र म लेख्न बाध्य भएँ, घर-७ ।

राती अचानक निद्रा खुल्यो । घडी हेरेँ ठीक १२ बजेको छ । यसरी अचानक न्रि्रँ खुलेको महिनौँ भयो । मभित्र के हुन्छ कुन्नि ! न्रि्रँ खुलेपछि फेरि ज्यान गए निद्रा आउँदैन । मनमा थरीथरीका तरङ्ग र लहरहरू आउँछन् । माथि कहीँकतै आकाशमा उडिरहेको भान हुन्छ । कुनै आँधीको चराजस्तो लाग्छ । अथवा सपनाको कुनै किनारा भत्केजस्तो लाग्छ । तर, कुन किनारा हो, निश्चित गर्न सक्तिनँ । हामीबीच कुनै ढुङ्गाको पर्खाल छ जस्तो लाग्दैन । तर पनि न्निद्रा टाढा कतै भाग्छ ।

उहाँ अर्थात् अक्षय अफिसबाट प्रायः ढिलो आउनुहुन्छ । प्रायः उहाँको सधैँ पार्टर्ीीुन्छ । रातीको खाना प्रायः बाहिर नै हुन्छ । छोरा पराग र म मात्र बेलुकी सँगै हुन्छौँ । बिहान फेरि बूढाबूढी । पराग ७ बजे नै स्कुल जान्छ । दिउँसो ११ बजे कलेज गएर ४ बजेसम्म र्फकन्छु । मसँगै थुप्रै चरत्रिहरू कहीँकतै निदाएका हुन्छन् । तिनलाई म अक्षरहरूमा ब्यूँझाउँछु । कहिले ती कविता हुन्छन्, कहिले कथा र कहिले उपन्यास । हामी छौँ । एउटै छानामुनि, एउटै पलङ्गमाथि । तर, लाग्छ हामीले भोग्ने जिन्दगी र देख्ने सपनाहरू फरक छन् । कुनै सीमामा हामी बाँडिएका छौँ ।

किन किन आँखामा निद्रा छैन । कुनै निद्रा लाग्ने औषधि खाउँ कि ! तर, जति ट्याब्लेट खाए पनि लठ्ठएिजस्तो मात्र हुन्छ । आँखा बिझाइ नै रहन्छ र शरीर कमजोर भएको अनुभव गर्छर्ु घडीमा हर्ेर्छर्ु बज्छ । आँखामा निद्राको कुनै सङ्केतसम्म छैन । फेरि २ बज्छ । घडीको टिक्टिक् आवाज चाहिनेभन्दा बढीजस्तो लाग्छ । टीभी खोलौँ, अक्षयको निद्रा खलबलिन्छ । राती कति बेला ढिलो आएर सुतेको मान्छे, मैले डिर्स्र्टब गरििदनु भएन ।

माथि कौसीमा जान्छु । सहरका केही ठाउँमा मात्र बिजुलीको उज्यालो छ । नत्र भने निःशब्द निदाएको छ । यस सहरसँग नाता गाँसिएको पनि धेरै वर्षभयो । कुनै समय लागेको थियो, जिन्दगीको नदी सरल रेखामा बग्नेछ । तर, जहाँतहाँ बक्ररेखाहरू रहेछन् । फूलभन्दा बढी काँडाहरू रहेछन् । लाग्छ, सायद म अरूहरूभन्दा फरक छु, र्सवथा भिन्न छु । जसरी अक्षय र अक्षयको आमाको समाजले स्वास्नीमान्छेलाई हर्ेर्ने आँखाहरू छन्, ती सबभन्दा म फरक छु, बेग्लै छु ।

एक रात अचानक अक्षयको सोधनी भयो, “किन तिम्रा फोनहरू बेला कुबेला आउँछन् । ती फोन गर्ने को हुन् – मलाई लाग्छ, तिमीलाई केटामान्छेकै फोन आउँछन् ।”

“हो, मलाई बढी फोन आउँछन् । फोन गर्ने धेरै तपाईंजस्तै पुरुषहरू नै हुन्छन् । ती मेरो लेखनका फ्यानहरू हुन् । अझ भनौँ, ती मलाई प्रेम गर्छन् ।”

“मैले भन्दा बढी …” अक्षय नीलो अनुहार लाउँछ । मलाई लाग्छ, त्यो मेरो विरहको बीज थियो र जसलाई हामीले रोप्यौँ ।

कुनै अर्को रात म ब्यूँझन्छु । घडी हर्ेर्छर्ु बज्न लागेको छ, अहिलेसम्म अक्षय आइसक्नुपर्ने । कहीँकतै कुनै दर्ुघटना भयो कि ! अल्कोहल बढी खाएर कहीँ सडकमा लडिरहनु भएको छ कि ! म धेरै सचेत हुन्छु । बरन्डामा निस्केर परपरसम्म हर्ेर्छर्ु सहर ब्यूँझेको छैन । टाढा कतै कुकुर भुकिरहेको सुन्छु । बरन्डाको सामान्य खाटमा कोही पल्टिरहेको देखेर तर्सन्छु- अक्षय यहाँ ! हर्ेर्छर्ुक्षय होस र बेहोसबीचमा छ, अर्धमूच्छिर्तजस्तो ।

“तपाईं, तपाईं यहाँ किन – उठ्नुहोस्, भित्र आफ्नो कोठामा जाऊँ…!” मैले अनुरोध गरेँ । उहाँले अस्वीकृतिको टाउको हल्लाउँदै भन्नुभयो, “मलाई यहीँ ठीक छ तृष्णा । मभित्र तिम्रो कोठामा तिमीसँग बस्न आफूलाई अयोग्य सम्झन्छु…।”

म छाँगोबाट खसेजस्तो हुन्छु । अक्षयका यी शब्दहरूले मलाई भित्रैसम्म हल्लाएर जान्छ । कुनै भीषण आँधीहुरीले ढालेको रूखझैँ हुन्छु ।

“मलाई थाहा छ, अक्षय ! तपाईँ मसँग खुसी हुनुहुन्न । किनभने, मेरो दोहोरो व्यक्तित्व छ प्राध्यापन र लेखन । हिजो मेरो सम्मानको कार्यक्रममा तपाईँ आउनु भएन । यहाँको सारा समाज उल्टिएको थियो । त्यहाँ दिइएको सम्मानपत्र देखाउन राती धेरै अबेरसम्म म अनिदो पर्खिरहेँ । पछि कुनबेला अचानक आँखा लागेछ । साराले तपाईँ किन आउनुभएन भनी सोधिरहेका थिए । मैले बिरामी हुनुहुन्छ भनेर ढाँटिदिएँ । वास्तवमा तपाईंको मानसिक बिरामी मलाई मात्र थाहा छ… ।” म पानीजस्तै बगिदिएँ ।

अक्षय बोल्नुभएन र भित्र जान पनि चाहनु भएन । मैले बढी कर गर्न चाहिनँ । यत्रा वर्षरूका बीच, सँगै बस्नु र भोग्नुहरूका बीच एउटा कुरामा म स्पष्ट छु, अक्षयको बनेको शरीरका तन्तुहरू विश्वका धेरै मान्छेहरूका भन्दा फरक छन् ।” अक्षयको सोचाइ र विचार नितान्त बेग्लै छ अर्थात् अक्षय चाहन्थ्यो, तृष्णाले एक दुईवटा त्यस्तै सुन्दर र रुमानी पत्रहरू लेखोस् उसलाई । उनीहरू दुईलाई लिएर स्वप्नका, प्रेमबोधका एक-दुई कविताहरू लेखोस् । तर, त्यस्तो केही भएन, साक्ष्ँात्कार भयो ती दुईको एकचोटि मात्र ।

“म कोठाभित्र पसेँ, चक्कर आएजस्तो भयो । अक्षय र मभित्र ठूला फरक खाडलहरू छन् जस्तो लाग्छ । त्यस सम्मानपत्रले आफूलाई गिज्याइरहेको अनुभूति भयो । च्यातचूत पारेर बाहिर फ्याँकिदिउँ जस्तो लाग्यो । परागमा आँखा लाउँछु ऊ मस्त निदाइरहेको छ । मभित्रको आँधीबेहरी विचरा बच्चालाई के पत्तो – … ।”

यस्ता भावुक क्षणहरूमा एउटी स्वास्नीमान्छेले मलाई हल्लाउँछे । त्यो स्वास्नीमान्छे सम्पूर्ण्ा हो । जो पुराना वर्षरूमा अक्षयसँग राम्ररी नै गाँसिएकी थिई । ऊ आफ्ना सम्पूर्ण्ा भावनाहरूका साथ किनारमा नै रही र अक्षयको जीवनमा प्रवेश निषेध बुझेपछि किनारबाट नै विदेशगामी पनि भई । मनमा यस्तै पुराना, नयाँ कुराहरू आउँछन् । मलाई लाग्छ, सबै प्रारम्भहरू नै ठीक थिएनन् । एउटी केटी भएर जन्मनुबाट नै हीनताबोधले जरो गाडेको थियो । स्कुलमा सारा केटाहरूलाई उछिनेर सधैँ पहिला भएर अगाडि बढ्नु नै सायद अपराध थियो । अझ विभिन्न गोष्ठीहरूमा कविता र गीत सुनाएर पुरस्कारका साथै प्रशंसित हुने अपराध तृष्णाले गरेकी थिई । अपराधहरूको, पापहरूको यो सूची घटेन, बढेर गयो । अक्षयसँग धेरै भावुक भएर बिहे गर्ने निर्ण्र्ाासबैभन्दा ठूलो अपराध थियो, महाभूल थियो । अक्षयभित्रका क्षयमुखी सपनाहरूलाई मैले अर्थ दिन हुने थिएन । आफ्नो जिन्दगीको महत्त्वपूर्ण्ा भूमिकालाई सामान्य केटाकेटीको बिहेको खेल मैले सम्झने महान् अपराध गर्न हुने थिएन । कसैसितको र्समर्पण मेरो जिनमा वा रगतमा थिएन ।

यस्त्ाा नकारात्मक शब्दहरू धेरै भए नहुने थियो, गर्न नहुने थियो, हात हाल्न पर्ने थिएन आदि, इत्यादि । तर, भइसकेको थियो । एउटा अर्को कठिन निर्ण्र्ाालिन म बाध्य र विवश थिएँ । अक्षय र अक्षयजस्ता लोग्नेमान्छेहरूसित म कुनै हालतमा सम्झौता गर्न अथवा झुक्न चाहन्न… चाहन्न । आफूभन्दा बाहिर बसेर मैले आफूलाई हेरेँ, तँ पनि इस्पात हुन सक्छेस्, नझुकेर यस समाजसँग सङघर्ष गर्न सक्छेस् । मैले आफूलाई बिर्सेरअक्षयलाई बिर्सेर परागलाई बिर्सेर घरका बाहिरका अरू कसैलाई कुनै अर्थ दिनुपर्ने थिएन ।

सायद म सिर्द्धार्थ हुन चाहेँ । सायद म डल्स हाउसकी नोरा हुन चाहेँ । सायद मैले केही पनि हुन चाहिनँ । यस संसारमा खालि शून्य हुन चाहेँ, एउटा विन्दु हुन चाहेँ ।

म चुपचाप बाहिर निस्केँ । मसँग एउटा ह्यान्डब्यागबाहेक केही पनि थिएन । अनायास कुनै अदृश्य शक्तिले मलाई रेल स्टेसन पुर्‍यायो । त्यहाँ लागिरहेको कुनै ट्रेनभित्र पसेँ । मैले सोध्न चाहिनँ यो ट्रेन कहाँ जाँदैछ । म आफूलाई पनि थाहा भएन मैले किन अक्षय र परागलाई छाडेँ र म कहाँ किन र केका लागि जाँदैछु । कुनै अनन्त यात्रामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *