फूलहरूमा जीवनको आयु खोपेर
चोरेर सुनगाभाको पत्र
क्यानभासमा रङ पोत्ने
सुन्दर मन
परदेशी घामस“गै मिलेर
शरद खोजिरहेछ ।
फूलको आत्मीयतामा
छपक्कै भिजेका
मेरा पाखापखेराले
पहिलो देखादेखमै
मतिर उडाएको शीतल चुम्बन
कहिल्यै अघाउन्न/कहिल्लै हराउन्न ।
त्रि्रो विशाल काखमा
शान्ति छ/शीतलता छ
तर, अवरोध पनि त रहेछन्
ए पहाड † तिमी मान्छे पनि मार्न सक्छौ –
त्रि्रो छायामुनि गु“ड बनाई बसेको
एउटा सुन्दर परविार
स“गै साना नानीहरू
तिमीस“गै कसरी बगेका…
पहाड तिमीले ती साना नानीहरू कसरी बगाउन सकेको –
पहाड तिमीले कसरी बिर्सियौ नि †
गोठाल्नीको सपना –
तिमीले आफ्नै काखमा च्यापेर बगाएका
साना नानी सम्झन्छु म
अनि, साना नानीलाई अ“गालो हाल्दै गर्दा
तिमीस“गै बगेको गोठाल्नी कसरी बिर्सन सक्छु म –
तारा झरेर उज्यालिने पहाड
मनस“गै अत्तालिने
पहिरोले लगेको पाखोबारी
गोठाल्नीको सपना
पहाडले बगाउन बिर्सर्ेे छोराछोरीको भोको पेट
झस्किन्छु न्रि्रामा
ब्यू“झन्छु र सोच्छु
मानिसस“ग मन पनि नभए
माया पनि नभए
कसरी बा“च्छ होला –
