Skip to content


आज व्याप्त छ व्योममण्डल
दीप्त प्रेमपरागले
दिन घमैलो पनि छ रक्तिम
स्वप्नयुक्त सुहागले
देख्छु चुनरी फरफराई
उडिरहेको कल्पना
शून्यमा पनि सुन्छु प्रेमी-
प्रेमिकाको जल्पना
खै, छहारीमा छहारी
न त छ कुञ्जै, कुञ्जमा
देख्छु सब परिणत भएझैँ
विजन प्रेमै-पुञ्जमा
चल्छ मन उद्दीप्त पार्दै
आज हावा पागल
नभ-नयन-गाजल समानै
कति सुशोभित बादल
प्रेमदिवस रहेछ यो क्षण
पत्थरै पनि पग्लिने
बगर-डगर जलाम्य पार्दै
प्रेमबाढी उर्लिने
प्रेमदिवस छ यति सुखद यो
एकदिन मात्रै किन
जीवनै सप्रेम बाचौँ
होस् न बरु एकैछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *