रोइरहेँ म
पूर्णिमाको रातमा
उनको याद ।
कर्तव्य
म आधा रातसम्म रोएरै बसेँ । घरि यता कोल्टो फेर्छुघरि उता कोल्टो फेर्छु । निदै पर्दैन ।
बाहिर निस्केर सुनसान जुनेली रातमा टोहल्छु । आकाशतिर हेर्छु । झलमल जूनतारा लागेको छ । म सोच्छु “कति निश्चिन्त छ आकाश । जून तारालाई आफ्नो साथमा राखेर आफ्नो धर्म पूरा गरिरहेको छ ।” झन् दिक्क लागेर आयो मलाई । आफ्नो कर्तव्य पूरा गर्न नसकेको सम्झेर ।
फेरि कोठातिरै लाग्छु । विहानीपख भइसकेको छ । पल्टल्छु ओछ्यानमा । आज उनको यादले धेरै सताईरहेको छ । उनको यादमा डुब्दा-डुब्दै भुसुक्कै निदाएछु । छ बजेको अलार्म बच्छ । हतार-हतार कपडा लगाएर ड्यूटीतिर लाग्छु ।
केदार श्रेष्ठ “गगन”
भीमस्थान-५ सिन्धुली
हाल- अनेसास यूएई च्याप्टर
