Skip to content

छटपटी छटपटीमा रात बित्यो

  • by


छटपटी छटपटीमा रात बित्यो
कुतकुती कुतकुतीमा बात बित्यो

आँखामा आँखा ओठमा ओठ
एकै झमटमा यौवनको बात बित्यो

नजर हेर्दा नजर झुके अधर चुम्दा अधर
केही भन्न नपाउँदैमा बात बित्यो

तिम्रो कथा नसिधिंदै सबै ताराहरू झरे
आफ्नो कथा शुरु नहुँदैमा रात बित्यो

कुरा गर्दा गर्दै भाले बास्यो
उफ्, केही हुन नपाई सुहागरात बित्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *