Skip to content


उनमा म छैन रे,
ममा उनी पाउँदिनन् रे,
ब्यथा उनको बेग्लै छ ,
चाहना मेरो भन्दा अलग्गै !
****************************
उनको रहर बेग्लै ,
बेग्लै छन उनका इच्छाहरू,
बाध्यता मेरो कस्तो,
सँगै मैले जिउनु रे !
****************************
विस्वासको डोरी मकायो,
मकायो प्रेमको घर पनि,
उनी रमाउँछिन् कहाँ-कहाँ ?
म भौतारिन्छु त्यहाँ-त्यहाँ !
*******************************
समीपत्य मेरो उनलाई गहारो भयो रे ,
पाउनु भन्दा यहाँ गुमाउनु गहारो भयो ,
उनलाई मैले पाएँ तर,
उनले मलाई पाइनन् रे !
*******************************
रोजेकी थिइन् रे ,
हजारौंमा एउटालाई,
एकमा एक नै रोज्नु,
मेरो चाहिं ठुलो भूल भयो रे !
**********************************
उनले पत्र कोरिन् धेरै प्रश्न गरेर,
मैले उत्तर पठाएँ प्रेम गर्छु भनेर,
उनले ममा प्रेम नै पाइनन् रे,
त्यसैले उनी मलाई माया लाउँदिनन रे !!
############################

Leave a Reply

Your email address will not be published. Required fields are marked *