रोइदिने त मेरा आँखा छन् तिमी त धेरै हाँस मायालु
चोटहरू मलाई दिई तिमी त खुसि ले बाँच मायालु
जुन दिनमा उठ्न खोज्छु बढ्न खोज्छु, फुल्न खोज्छु
फुलेको त्यो फूल समाती हाँगै समेत भाँच मायालु
रोइदिने त मेरा आँखा छन् …………………………..
जुन दिन मेरो संसार ढल्छ, आस ढल्छ, लास ढल्छ
ढलेको त्यो लासमाथि उफ्री उफ्री नाच मायालु
रोइदिने त मेरा आँखा छन् …………………………..
रचना : बिबश रेग्मी
