Skip to content

उषामा हिमालै खुलेको

BishnunandaChamling


बिहानी उषामा हिमालै खुलेको ।।
पखेरी ढपक्कै चिमालै फुलेको ।।

फुलेरै चमेली खुलेको बगैँचा,
सुगन्धी हवामा भमारा भुलेको

वसन्ती छटामा उडेको चरी झैँ,
बगैचा सुनौलो छ जोडी डुलेको ।।

छ खेती बटुल्नै जुटेको किसान,
फलेको खिलेर छ धानै झुलेको ।।

छ पिर्ती बसेको जवानी चढेर,
रसिलो छ मायाँ खुशीले घुलेको ।।

मुफरद बहर
(बहरे मुतकारिब मुसम्मन सालिम अर्कान) मा आधारित अर्थात (भुजङ्ग प्रयात छन्द)
सुत्रः- फऊलु x ४ अक्षर १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *