पाखुरी सीपमा हलहली जिन्दगी ।।
आतुरी मातमा तलतली जिन्दगी ।।
बातमा प्यासले खोज्दथे पोखरी,
सम्झियो माथले कलकली जिन्दगी ।।
माधुरी मातमा एकलै रातमा,
बेसरी सम्झिएँ झलझली जिन्दगी ।।
निष्ट भै काममा जुट्दथेँ के गरी,
बग्द थे रक्त नै भलभली जिन्दगी ।।
हर्षले जिन्दगी हाँस्दथेँ नाच्दथेँ,
तन्भरी मच्चियो खलखली जिन्दगी ।।
ढल्किदो जिन्दगी काँ गयो ‘बिष्णु’को
खोज्दथेँ आशमा अलमली जिन्दगी ।।
छन्द स्रग्विणी (बहरे मुतदारिक मुसम्मन सालिम रुक्नमा आधारित)
गण सुत्र :- SIS (फाउलुन) ४ अक्षर १२
