Skip to content

गजल (हैन के भयो र)


हैन के भयो र बोल्न पनि छोडेकी सानु ?
हल्ला होइन कि! अन्तै मन जोडेकी सानु ?

मनमा के गाठो कस्सियो र त्यस्तो तिम्रो ?
किन कहाँल्लिएर भक्कानो यसरी फोरेकी सानु ?

कुरा जमेर मनमा, गर्हुंगो भाको हो कि ?
खुट्टाले बारमबार भुईं किन सोरेकी सानु ?

भन्नु केही अरु पनि छन भनेका बाहेक,
मुहार यता आँखा किन पूर्व मोडेकी सानु ?

भो अब थाहा भो, नभने पनि मुखै फोरी ।
भन्नु चाहेको हो, दिनेशको मुटु तोडेको सानु ?

www.rajdinesh.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *