Skip to content

एकपल्ट छुटेको माया


एकपल्ट छुटेको माया भन्छन् पुनः फर्किदैन ।
बेमौसमको झरी पनि त्यसै–त्यसै दकिंदैन ।

सिउँदोमा सिन्दुर भरे पनि अर्कैको भैदिनेले
दोबाटोमा भेट हुँदा कसरी भन्नु तर्किंदैन ।

रोजी–रोजी माया लाउँदै–छाड्दै–हिँड्दै गर्नेले
कसरी भनु जात–फाल्दै–सुनपानी छर्किंदैन ।

पहिलेको माया सम्झी उनलाई कतै बोलाउँदा
आश पनि के गर्नु र खै ! कसरी भन्नु झर्किंदैन ।

जसलाई चोखो माया लाएँ–उसले नै धोका दिंदा
कसरी भन्नु मान्छे भए छि–यो छाती मेरो चर्किंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *