Skip to content

शब्दहरू अलग


शब्दहरू अलग अलग
भावना मनको एउटै हो
जसले छोडी हिंडे पनि
बिछोड आखिर बिछोड नै हो

छातीमा मुटु बेग्ला बेग्लै
धडकन सबको उस्तै हो
तिमीलाई दुखोस कि मलाई
पीडा भोग्ने उस्तै हो

घाउ होलान् साना ठुला
बग्ने रगत त रातै हो
अचानो बनेर हेर एक दिन
चोट सबलाई एउटै हो

शब्दहरू अलग अलग
भावना मनको एउटै हो
जसले छोडी हिंडे पनि
बिछोड आखिर बिछोड नै हो

शेखर ढुङेल
मेई १०, २००९

Leave a Reply

Your email address will not be published. Required fields are marked *