फेरि आयो उही मौसम्, उही घाम जुन आयो
विर्सिएको बाँसुरीको फेरि, उही धुन आयो
हिमाल उस्तै, पहाड उस्तै तराईं पनि उस्तै उस्तै
सम्झनामा लेक-बेसी, खोज अनि दुन आयो
रित्तिएका बागहरू, जताततै सुख्खा थियो
तर पनि माहुरीको, उही भुन भुन आयो
निराशा नै जिन्दगीका, पर्यायझै लाग्ने गर्थ्यो
अतीतका आशाहरू, ब्युँझिएर पुन आयो
हिलो भर्ने तिनै हातले, हिजोसम्म सताउँथे
तर आज मिठा-मिठा सपनाले झुन आयो ।
सिन्धुली
मधुपर्क २०६८ पुस