यस वर्ष परेको साउने झरीले सातो-दस दिनदेखि काठमाडौँलाई आक्रान्त पारेको थियो । रातदिनको पानी, हिलो र पत्रिकाको कामको चाप सबै मिलेर मनलाई त्यसैत्यसै दिक्दार बनाएका थिए । पत्रिकामा सम्पादकीय टीमबीच एकरात कतै रमाइलोमा बिताउने निधो भयो । म ठमेलको रात्रिजीवनको अनुभव लिने सुरमा थिएँ । तर, सम्पादकले भ्यालीबाहिर कतै जान जोड गरे । मालिक र सम्पादक दुवैका रूपमा हाम्रो सार्वभौमसत्ता उनमा निहित हुने नै भयो, त्यसैले उनको इच्छा बलशाली सावित भयो । साँझ नपर्दै पत्रिकाको गाडीमा हामी नागढुङ्गाबाट बाहिरयिाँै ।
मलेखुमा गएर माछाको सित्तन र त्यससाथ सोमरस अर्डर गर्दा ८ बजिसकेको थियो । १० बजे हामी त्यहाँबाट निस्केर मुग्लिनतिर लाग्याँै । केवुलकारनिर पुग्दा भेषराजले भन्यो, “यहाँ लोकल कुखुराको खुब मीठो मासु पाइन्छ, बसौँ यार !” हामी कुनै लज कम, रेस्टुराँमा पुग्यौँ । बाटोमा फाट्टफुट्ट रात्रिबस र ट्रकहरू ओहोरदोहोर गर्दै थिए । त्रिशूलीको सुसाइले रात अझ गहिरो बनाइदिएको थियो । हामी फेर िमधुशालामा जम्न थाल्यौँ ।
के माओवादीले सरकार छाडेर जनविद्रोह गर्छन् ?
यत्राको गर्थे सारा गफै मात्र हो ।
होइन यार, यो सधँैको गतिहीनता, अन्योल, तराईको दुर्दशा र सरकारको अर्धमृत नेतृत्व हेररिहनुभन्दा त माओवादीले विद्रोह गरे जाती ।
अनि, के मुलुकलाई स्थायी अराजकता र विदेशीको नियन्त्रणमा धकेल्ने ?
चकदे इन्डिया कत्तिको राम्रो छ हँ ? मुरको सिकोे हेरसि् ?
काङ्ग्रेस नमिले पनि र माओवादीले चुनाव जितिँदैन भन्ने ठाने पनि संविधानसभा मङ्सिरमा ज्यान गए हुँदैन ।
सुन् न यार, मुलुकलाई गिरजिाको नेतृत्व राही मासुम रजाको उपन्यास कटोरा ए आरजु की पात्र दीपालाई अपहरण गरेर ल्याएपछि ऊसँग आफ्नै नोकरलाई यौनकर्म गर्न लगाएर हेर्ने नपुङ्सक नेताको जस्तै भयो यार !
रात छिप्पिँदै गएर चकमन्न भएको थियो । पिउने क्रम जारी थियो । बोलीभन्दा मौनता लामो हुन थालेको थियो । अचानक हामी बसेको छाप्रोनजिकै लजको एउटा ढोका खुल्यो र त्यसबाट एउटी भर्खरकी तरुनी फुत्त बाहिर निस्की । मधुरो बत्ती बलिरहेको थियो । उसले तल स्कर्ट लगाएकी थिई र माथि पातलो सलले आफ्नो यौवन छोपेकी थिई । ऊ ट्वाइलेट जाने सुरले हाम्रै नजिक आइपुगी । प्रस्ट थियो, अर्धनिद्रामा ऊ आफ्नो परविेशप्रति बेखबर थिई । हामीले देख्यौँ, ऊ कम्मरमाथि झिल्लीजस्तो सलभित्र वस्त्रहीन थिई । त्यस्तो दृश्य एक्कासि देखिँदा हामी सबै एकैपटक गलल हाँस्यौँ । ऊ अडिई हाम्रैअगाडि र हामीलाई हेर्न थाली । अझै पनि ऊ राम्ररी होसमा आएकी थिइन । मेरो हाँसो रोकियो, सारा नशा र बेहोसी त्रिशूलीमा हामफाल्न गए ।
उभिइरहेकी तरुनी रश्मि थिई । मेरी पूर्वश्रीमतीको नाम भएकाले मलाई रश्मि नामदेखि नै घृणा थियो । यो रश्मिचाहिँ मेरो छिमेकी माझकोटेकी छोरी थिई । साइनोले बहिनी पर्थी ।
मैले सम्हालिएर केही बोल्न नभ्याउँदै उसले दुवै हात जोडेर निधारसम्म पुर्याउँदै भनी, “सन्तोष दाइ नमस्ते !”
यसो गर्दा उसको पातलो सल पनि उसका पाखुरासँगै उचालियो । उसका नाङ्गा स्तनले हामी भएतिर हेर्न थाले । त्यसपछि मेरा साथीहरू पनि अवाक् भए र हाँस्न छाडे । मैले उसलाई हप्काउँदै भने, “धत् ! जा भाग् ।”
ऊ ट्वाइलेटतिरै लागी । उसले आफू बाहिरँिदा ढोका बन्द गरेकी थिइन । मैले कोठा नं १०२ तिर हेर्दै लज्जा, घृणा र आत्मग्लानिले भरँिदै कल्पना गरेँ, कतै यो यहाँ वेश्यावृत्ति गर्न त आएकी होइन ? म उठेर १०२ नं कोठाको ढोकामा पुगेँ । भित्र सिम्ले साइँलो बेडमा सर्वाङ्ग नाङ्गै पल्टिरहेको थियो । ढोकातिर सीधा नफर्केकाले उसले मलाई देखेन । फुलेका झुस्स दारी, वृद्ध हुन लागेको कुरूप र भद्दा शरीर एवम् डेढा आँखा भएको सिम्ले साइँलो देब्रे हातले तन्मयसाथ आफ्नो जननेन्द्रीय खेलाइरहेको थियो । लाग्थ्यो एउटी नग्न तरुनीसँग पूरै रात बिताउँदा पनि यौनसम्बन्ध स्थापित गर्न नसक्दा ऊ आफ्नै पौरुषत्व, उठाएको जोखिम र गरेको खर्चको निरर्थकता सम्झेर ग्लानि र अपराधबोधले ग्रस्त छ । मेरो सम्पूर्ण जीउ घृणाले मात्न र चक्कराउन थाल्यो । रश्मि ट्वाइलेटबाट ननिस्कँदै म बाथरुम पुगेँ र मलेखुदेखि हुलेको सबै वान्ता गरेँ । उज्यालो भइसकेको हुँदा हामी तत्कालै त्यहाँबाट काठमाडौँतिर फक्र्यौं ।
सिम्ले साइँलो मेरो छिमेकी गाउँको हो । ८ कक्षामा पढ्दा केही महिना मेरो सहपाठी पनि थियो । हुन त ऊ मभन्दा उमेरले पूरा आठ वर्ष जेठो थियो । धेरैपटक फेल हुँदै यसपटक मसँगै पर्न आएको थियो । प्रायः विद्यालयबाट भागी हिँड्थ्यो । सिजनमा ऐँसेलु, काफल, चुत्रो, तिजु र कटुस सबै खान भ्याउँथ्यो । र, गर्मीका बेला मादीमा पौडी खेल्न १ बजे नै पुगिसक्थ्यो । विद्यालय लाग्ने दिनको चौथाइ समय ऊ विद्यालयबाहिरै बिताइदिन्थ्यो ।
त्यही वर्ष जेठतिर बाबुले उसको बिहे गरी दिए । कुनै राधा नाम गरेकी केटी थिई । उसको नामको मध्यभागको कृष्ण झिकेर राधा-कृष्णको जोडी खुब मिल्यो भनेर मान्छेहरूले केही समय ठट्टा गर्न पाएका थिए । सिम्ले कान्छाले बिहे पनि धक फुकाएर गर्यो । दुई जोर बाजा, जन्तीबाख्रोमा चारवटा खसी र रत्यौलीमा पनि दुइटा खसी । बिहे गरेको केही दिनपछि नै साइँलाले स्कुलबाट सदाका लागि बिदा लियो ।
एसएलसी टेस्ट दिएर बसेका बेला मङ्सिरमा म दँएराका रूपमा धेरै दिन दाइँमा हिँडेँ । एकदिन सिम्ले कान्छाकहाँ दाइँ थियो । दुई माल गोरुले दाइँ गररिहेका थिए । ५० मुरी धानको खलो थियो । बिहानको खानापछि हामी पाखुरीको बोटमुनि बसेर गफ गर्दै थियौँ । सिम्ले साइँलोले गफ झिक्यो, “हेर केटा हो, ओ हो त्यो सेनिमामा केटा र केटी हेरी यसरी अँगालो हालेर म्वाई खाने गाँठे अरूले देख्ने अरी ! आमा मा…मा… हिरोनीहरू यत्रायत्रा साँप्रा पूरै देखाउने म्लेई !” हामी हाँस्दै थियाँै । सिम्ले जेठोले हकारेर साइँलोलाई बोलायो ।
यसबीचमा उसका दुईवटा सन्तान भइसकेका थिए । उसको जेठो दाजु अर्थात् सिम्ले जेठो बिस्ने सामाजिक कार्यमा सक्रिय भएकाले घरको काम अलि कम गथ्र्यो । त्यही रसिले सिम्ले साइँलो फुत्त घर छाडेर हिँड्थ्यो र दुई-तीन दिनपछि आउँथ्यो । पछि था भो, ऊ पोखरातिर गएर बरालिने गर्न थालेको रहेछ ।
एकछिनमा दुई दाजुभाइको चर्काचर्की पर्यो । कुटपिट होलाजस्तै भएको थियो, दँएराले छुट्याए । साइँलो बम्किँदै दाइँ छाडेर घरतिर हिँड्यो । भोलिपल्टै ऊ छुट्टीभिन्न भएर अंश दिलाइमाग्न भलादमी जोड्दै थियो । साइँलीको विरोधका बाबजुद ऊ अलग बस्न थाल्यो ।
छुट्टिँदा उसलाई २५ मुरी धानखेत, एउटा दुहुनो भैँसी, गोरु, रोचा र ठूलो ताउलोसहित घर परेको थियो । बाउकै कमाइमा बन्दोबस्त भइहालेकामा ऊ मख्ख थियो ।
पहिलो वर्ष नसकिँदै उसले भैँसी कटाइमा फाल्यो र लैनो भैँसी किन्यो ।
दोस्रो वर्षमा रोचा बेच्यो र भन्यो, “आ हिजोआज त सिलौटको गाग्री हल्का हुनी, यो रोचे क्यार्नी हो ।” तेस्रो वर्ष साइँलीका नाक-कान रिित्तए र उसले गोरु किन्यो ।
चौथो वर्ष एउटा चियापसल खोल्यो । १० हजार रुपियाँजति उधारो गएपछि अचानक पसल बेच्यो र मुम्बईतिर लाग्यो । तीन महिनामा लाहुरबाट फकर्ंदा ऊ पाँच वर्ष बुढिएर आएको थियो । र, ऋण तिर्नका लागि उसले पाँच मुरी खेत बेच्यो । बच्चा दुईबाट चार भए । साइँली रातदिन लुछेटो गर्थी र केटाकेटीलाई स्कुल पठाउँथी । भैँसी पाल्थी, खेतीपाती गर्थी र घर धान्थी ।
साइँलोचाहिँ, दिनभर िभञ्ज्याङको चियापसलमा बसिरहन्थ्यो । हरेकका कुराको समर्थन गथ्र्यो, ‘हो त नि ! त्यै त भन्या ।’ एक गिलास चिया कसैले दियो भने साइँलो उसैको पक्षमा उभिन्थ्यो । साँझ जब हाइस्कुलका शिक्षक तास खेल्न बस्थे, ऊ कुनै एउटाको छेउमा बस्न जान्थ्यो । कोही पिसाब फेर्न वा कतै जान उठ्यो भने त्यसको तास हेरी दिन्थ्यो । धेरै रात त्यसरी नै बिताइदिन्थ्यो ।
एउटा कुरा मज्जाको थियो उसको, सामाजिक काममा ऊ सधैँ तत्पर रहन्थ्यो । स्कुल भवन, पञ्चायत भवन बनाउँदा, बाटोघाटो बनाउँदा, पुलको लठ्ठो वा मुढो तान्दा बिरामी बोकेर अस्पताल पुर्याउँदा ऊ सबैभन्दा अगाडि हुन्थ्यो । तर, घरमा स्वास्नी बिरामी हुँदा ऊ भञ्ज्याङबाट उठ्दैनथ्यो । बच्चा बिरामी भए पनि स्वास्थ्य चौकी लाँदैनथ्यो । भँैसी वा गोरु भोकै भए पनि घाँस काट्न जाँदैनथ्यो । गाउँमा हुने पूजाआजा, बिहेव्रतवन्ध, मेलाजात्रामा खैँजडी बोकेर पुग्थ्यो, निम्तो गर्नै पर्दैनथ्यो । विस्तारै कान्छासाहूको छोरो साइँलो पसलेकहाँ मूढो चिरेर वा अरूको दलाली गरेर एककप चिया खान वा एउटा ठुटो चुरोट तान्न लालायित हुने सिम्ले साइँलोमा फेरयिो ।
कलेज पढ्न पोखरातिर झरेपछि ऊसँग मेरो भेट निकै पातलो हुन थाल्यो । दसँैमा घर जाँदा वा चुनाव प्रचारमा जाँदा मात्र ऊसँग आक्कलझुक्कल भेट हुन्थ्यो । त्यस्तैमा ०५४ सालको स्थानीय निकाय निर्वाचनमा उसँग मेरो लामो भेट भएको थियो । दुर्घटनामा भाँचिएको खुट्टो खोच्याउँदै पनि चुनावका रौनकमा कहीँ न कहीँ मुछिएकै हुन्थेँ म । एकदिन बिहान चियापसलमा एमाले र काङ्ग्रेसका सम्भावित अध्यक्षका उम्मेदवारहरूसँग चिया गफमा थिएँ । साइँलो आँखा राता पार्दै र खुट्टा बजार्दै आइपुग्यो । अनि, एक्कासि मतिर फर्केर गज्र्यो, “ओइ सन्तोष, यसपालि मलाई सदस्यमा जसरी पनि टिकट दिनुपर्यो । के के सोच्या छौ तिमेर्ले । अब मैले त कल्लाई भनम् र, तैँलाई हो, तैँले नै भनेर वाल्टी चिन्हमा पनि भोट हालियो, पछि सूर्यमा भोट हालिएकै छ । यसपालि त म नउठी भऽन । नत्र यस्ता आँठा पार्टीसार्टी मतलव गरन्िन हेर । के सोच्याछन् यिनेर्ले ? आच्या, हामलाई त मुन्छेई नगन्नी गाँठे ।” उसको चर्को डाँको सुनेर सबै मौन भए । मैले दुवै पार्टीका नेतातिर हेर्दै भनेँ, “होइन साइँला बा, मैले टिकट दिएर काँ हुन्च र ? मैलाई त कल्ले देला भन्ने भैसक्यो ह्याँ । ओ नेताजीहरू लौ यसपालि साइँलाबालाई चित्त बुझाओ त !”
काङ्ग्रेसको सन्तबहादुर गुरुङ लुसुक्क उठेर हिँड्यो । एमालेको गमबहादुर गुरुङ एकछिन ठट्टा गर्दै बाहिरयिो । सिम्ले साइँलो मतिर फर्केर चर्को स्वरमा गाली बक्न थाल्यो, “मूला पार्टीसार्टी क्यै जानिन्न अब । हाम्लाई त अचाक्ली हेप्नी रचन गाँठे जल्ले पनि ।” म केही नबोलेपछि ऊ फन्किँदै बाटो लाग्यो ।
भोलिपल्ट उम्मेदवारी दर्ताको दिन थियो । साइँलो ठूलो निगालामा चारतारे झन्डा उनेर काङ्ग्रेसको टोलीको अघिअघि नारा लगाउँदै गाविस भवनमा आइपुग्यो । साँझ काङ्ग्रेसका तर्फबाट वडासदस्यको उम्मेदवारको लिस्टमा सिम्ले साइँलो उर्फ हरििकस्न शर्माको नाम पनि थियो । भोलिपल्टै उसले १० हजार पर्ने गोरु सातै हजारमा बेच्यो र पार्टीलाई चुनाव खर्च दियो ।
त्यसपटकको चुनाव एमालेले अत्यधिक मतले जित्यो । निर्वाचनको भोलिपल्ट म पोखरातिर र्झनका लागि ठिक्क परेर भञ्ज्याङमा पुगेको थिएँ, चियापसलमा बसिरहेका बेला एमालेवालाहरूको विजय जुलुस आइपुग्यो । जुलुस पसलअगाडि आइपुग्दा अबिरले ढाकिएको सिम्ले साइँलाको काँधमा एमालेबाट अध्यक्षमा जितेको गमबहादुर गुरुङ थियो ।
जुलुस रोकियो र गमे साइँलाको काँधबाट ओल्र्यो । एकछिन यताउता गरेर साइँलो विस्तारै मनिर आयो र भन्यो, “त्यो जाबो काङ्ग्रेस पार्टी त हरुवा र’च । मलाई त कत्ति मन परेन । आफ्नै पार्टी जाती लायो । म त आजै फेर िफर्केर उही पार्टीमा आएँ । फ्वाक्कैमा गोरु मात्रै खेर गयो !” उसले प्रस्टीकरण दियो ।
०५८ सालतिर म काठमाडौँमा बेरोजगारीको चुत्थो जिन्दगी घिसार्दै थिएँ । झन्डै लगातार जनआस्था मा स्तम्भ लेखिरहन्थेँ । घरमा पनि र हातमा पनि फोन थिएन । त्यसैले कतिपयलाई त्यही जनआस्था को सम्पर्क फोनमा भेटिन्छु भनेको हुन्थेँ । एकदिन अचानक साइँलाको छोरो अशोकले फोन गर्यो, “दाइ म त साउदी जान आ’को । भरे तपैँकाँ आउन पर्यो । कलङ्कीसम्म लिन आउनोस् न !”
त्यसको एक वर्षपछि म केही समय गाउँ गएको थिएँ । त्यसपटक भञ्ज्याङमा भेटिँदा साइँलाको चमकधमक बेग्लै थियो । उसले सुकिलो नैनसुतको कछाड बाँधेको थियो । खुट्टामा गोल्डस्टार जुत्ता, कमिजमाथि आस्कोट र ढाका टोपी । अनौठो त उसको हातमा खुकुरी चुरोट थियो । घरीघरी ऊ अरूलाई पनि चुरोट र चियाको अफर गरेको देखिन्थ्यो । पहिले उसलाई हेपेर मुस्किलले ठुटो चुरोट दिनेहरू अहिले उसलाई उल्क्याएर सित्तँैमा चिया र ‘काँजो हालेको’ चुरोटको तलतल मेटाएका देखिन्थे ।
गत वर्ष दसैँमा पनि उसको ठाँटबाँट हेर्ने मौका मिलेको थियो । उसको कहिलेकाहीँ हराउने बानी यतिखेर बढ्दै गएको थियो । छोरीहरूको बिहे गर्ने उमेर ढल्कँदै थियो । छोरो साउदीबाट पैसा पठाइरहेकै थियो । साइँलोमा भने कुनै जिम्मेवारीबोध थिएन । मलाई गाउँले भाउजूहरूले खुसुक्क सुनाएका थिए, “हेर्नु न सन्तोषबाबु ! यो हरकिृष्णे सठाऽर खत्तम भयो । त्यो रश्मि बेत्तालसँग हिँडिरन्च । त्यसैलाई पैसा दिन्च । मोबाइल फुन पनि किन्द्या’छ । रातदिन बासै माझकोटेकाँ हुन्च । कस्तो लाजसरम क्यै नभको हो । तपँैले सम्झाइदिए डराउँथ्यो कि ? छोराले दुःख गरेर पैसा पठाउनी, बाउचाहिँ फुर्मास गरेर सक्नी । गाममा नाक देखाउनै लाज भइसक्यो । कसो अर्नि र !”
यसपालि असारमा म घर गएका बेला उसको फुर्ति अलि घटेको थियो । छोरो साउदीबाट फर्केपछि बाबुछोराको सम्बन्ध तनावमा थियो । उसका हातमा नगद पनि कम हुन थालेको थियो । उसका डेढा आँखामा निराशा र लज्जाको मिश्रति भाव थियो ।
मैले सोधेँ, “के छ त साइँला बा ? छोरो पनि आएच यसपालि ।”
उसले हातको सान लगाएर भन्यो, “आ, के हुनि हो, जो भए पनि आफ्ना दुःख आफैँसँग छन् । आए नि के भो, नआए नि के भो ?”
अशोक भेट भयो अर्कोदिन । कुरैकुरामा उसले गुनासो गर्यो, “के हुन्थ्यो दाइ, कमाएर पठा’को पैसा बाले सकिहालेचन् । दुःख मात्रै पाइयो ।” उसको अनुहारमा बाबुप्रति घृणा र भविष्यप्रति निराशा झल्कन्थ्यो ।
गाउँबाट पोखरातिर लाग्ने दिन म मादी किनारको घुम्लेबजारमा बिहानै छुट्ने बस समात्न हतारएिको थिएँ । भञ्ज्याङबाट ओह्रालो झर्दै गर्दा नजिकै मान्छेको खुसुरफुसुर सुनियो । मैले चारैतिर घुमेर हेरेँ । डाँडाको एक्लेपाटी पछिल्तिर सिम्ले साइँलो माझकोटे रश्मिकी आमासँग पो क्रीडा गररिहेको थियो ! म अलि छलिएर सुसेल्दै ओरालो झरेँ।
नेपाल साप्ताहिक अंक २६४
