Skip to content

तिमीले दिएको हरेक चोट्…………..

कविता
तिमीले दिएको हरेक चोट्
मेरो बाच्ने सास् बन्यो,
त्यहि चोट्ले गर्दा आज
क्षितिज पुग्ने आश बन्यो ।

तिम्रो ति रुखो बचन
मनै भरि सङ्गालेछु,
तिम्रो सामु केहि देखौन
वाचा कसम् अङ्गालेछु ।

तिम्रो तुच्छ ब्यबाहरहरु
मेरो नेम्ति जुन बन्यो,
रातो तातो सल्बलाउने
बिजय सिपाहीको खुन बन्यो ।।

बिचलितको संघार कहिल्यै
टेक्ने छैन तिम्रो सामु ,
जित्छु लेख्छु इतिहास
लेख्ने छैन हारको तिम्रो सामु ।

राजेश रुम्बा लामा “अतृप्त्”

2 thoughts on “तिमीले दिएको हरेक चोट्…………..”

  1. ठिस बुढा

    “तिमीले दिएको हरेक चोट्… “
    वजन छ!

    जब चोट नहिँ हो सिने मे… तो क्या मजा होगा जिने मे

    वाह!

Leave a Reply

Your email address will not be published. Required fields are marked *