Skip to content

मुक्तीको सन्देश

मुक्तीको सन्देश पठाको थिए,
खुसीले खोली तरयौ के दिदी !
भाइटीका निम्तो म पाउछु होला,
मखमली बिझ छरयौ के दिदी !….?

सल्लेरी युद्धमा म लड्दै हुँदा,
नआउने कुरा गरयौ के दिदी !
आउदैछु अब त्यो बस्ती बीच
भाई टिके कलस भरयौ के दिदी!…..?

दिलाउदैछु मुक्ती यो देशलाई आज,
शान्तिको स्वाश फेरयौ के दिदी !
क्रान्तीले बिरता चुमेको माइती,
स्नेही नयनले हेरयौ के दिदी !…..?

फैलिन्दैछ आज मुक्तीको सन्देश,
स्वातन्त्र चौतारी झरयौ के दिदी !
उठेको बस्ती बस्दैछ फेरी ,
गाउघरमै डेरा सरयौ के दिदी !….?

जन्मिन्छन फेरी कुतत्वहरु ,
अस्तित्व उसको घेरयौ के दिदी !
फुलमाला त्यसै नसुकोस तिम्रा,
शहिदको लस्करमा हेरयौ के दिदी !…?

Leave a Reply

Your email address will not be published. Required fields are marked *