सुरुमा त निकै डराएकी थिइन्
र बोली पनि लर्बराएकी थिइन्
पहिलो स्पर्ष मैले के दिए थेँ
झनै ओठहरू थर्थराएकी थिइन्
सायद म झैं नौलो रैछिन् कि?
अनेक् अनेक् बर्बराएकी थिइन्
जवानी त्यो बिस्तारै पग्लेपछि
मेरै अङ्गालोमा हराएकी थिइन्
आखिर जादु बिपरित् लिङ्गको
हौसिएर झनै जुर्मुराएकी थिइन्
अलि बढी उच्छृङ्खल भएमा माफी चाहन्छु ।
