Skip to content

हाम्रो समाजमा सबै सर्प विषालु हुन्छन् र त्यसले डस्यो भने मरिन्छ भन्ने सर्पलाई देख्ने वित्तिकै मार्ने र धपाउने गरिन्छ । सबै सर्प विषालु हुँदैनन् । एक तथ्याङ्क अनुसार विश्वमा करिव ३ हजार पाँच सय थरिका सर्प पाइने अनुमान छ । त्यसमध्ये ३५० थरिका सर्प मात्र अति विषालु र अन्य सामान्य विषालु हुने गर्दछ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राणीशास्त्री सर्प विशेषज्ञ करनबहादुर शाहका अनुसार नेपालमा पाइने १५० किसिमका सर्पमध्ये ५ थरिका मात्र विषालु छन् । जसमा राजगोमन, हरेउ, कोरल, करेत र पिट भाइपर पर्दछन् । अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्स मेडिसिनले गरेको अनुसन्धानमा नेपाल सर्पले टोक्ने पाँचाँै देश भएको र वर्षेनी २० हजार जनालाई सर्पले टोक्ने गरेको तथ्याङ्क छ ।

सर्पहरू हाम्रा शत्रु होइनन् । तिनीहरूलाई देख्ने बित्तिकै मार्ने चलन अहिलेसम्म पनि छँदैछ । सर्पहरूलाई साधारणतया हामी हानीकारक नै मान्छौँ तर वैज्ञानिक अध्ययन विश्लेषण गर्ने हो भने सर्पहरूबाट हामीले अप्रत्यक्ष रूपमा फाइदा लिइरहेका हुन्छौँ । सर्पहरूलाई हानीकारक ठान्नुको कारण तिनीहरूको टोकाइको डरले नै हो तर सर्पले डस्ने कार्य सितिमिती गर्दैनन् । तिनीहरू आˆनो सुरक्षाको निमित्त मात्र टोक्ने गर्दछन् । सर्पले डसीहालेको खण्डमा सबै सर्प विषालु हँदैनन् । विषालुभन्दा अति विषालु जातको सर्पको सङ्ख्या धेरै नहुने हुँदा मृत्यु हुने सम्भावना कम हुन्छ । यदि विषालु सर्प नै परेको खण्डमा पनि समयमै उपचार व्यवस्था हुनसकेमा बाँच्न सकिन्छ । विकसित देशहरूमा सर्पहरूलाई पूर्ण संरक्षण दिइएको हुन्छ ।

औषधिको रूपमा प्रयोग

सर्पहरूलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । सर्पहरूको बोसोबाट विभिन्न प्रकारका तेलहरू बनाउने चलन छ । यसको प्रयोग जीउ दुखेको, सुन्निएको मर्किएको बखतमा गरिन्छ । सर्पको विषको ठूलो महफ्व हुन्छ । यसबाट प्रतिविष बनाइन्छ । जसबाट विषालु सर्पले टोकेको मानिस अथवा विषहरू निकाली प्रशोधन गरी कैयौँ मानिसको प्राण बचाउने औषधिको रूपमा बेचविखन गरी आर्थिक फाइदा लिइन्छ । यसले देशकै आर्थिक समुन्नति गर्दछ ।

मुसाहरूको नियन्त्रण

मुसाहरूले नष्ट गरेको अन्नको मूल्याङ्कन गर्ने हो भने करौडौँ रूपियाँ बराबर हुनजान्छ । मुसाहरूमा पनि खानमा विष मिलाइएको पत्तो पाउन सक्ने गुण हुँदा, विषको महंगोपना, विषले मानिसमा हुनसक्ने दुर्घटना गर्दा मुसाहरूलाई विष प्रयोग गरेर मार्न साध्य हुँदैन । सर्प विशेषज्ञहरूको भनाइ अनुसार एउटा धामन सर्पले वर्षभरिमा कयौँ मुसाहरूलाई खाइदिन्छ । यसरी सर्पले हाम्रो अन्नबाली बचाउन सहयोग गरेकोे हुन्छ ।

खतरा पनि छ

नागराजको रूपमा पुजिने र अनेक पक्षमा उपयोगी मानिने सर्पले मानिसको जीवन चौपट पार्न पनि सक्छ । विषालु सर्पहरू गोमन, करैतलगायतका सर्पले डसेको लगत्तै प्रभावकारी औषधोपचार पुग्न नसक्दा मानिसको जीवन अन्त हुने गर्दछ । तराईका बासिन्दाहरू गर्मीयाम सुरू हुनासाथै सर्पको खतराबाट चिन्तित हुन्छन् ।

छालाको उपयोग

सर्पर्हरूको छाला रंगीविरंगी आकर्षक र टिकाउ भएको हुँदा,कम्मरपेटी, जुत्ताहरू, हैण्डव्याग, टाँकहरूको साथै लुगाहरू समेत बनाइन्छ । सर्पको धेरै महँगो हुनाका साथै यसको ठूलो माग देखिन्छ । सर्पहरू पाली छाला पैठारी गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

जिउँदा सर्पहरूको प्रयोग

चिडियाखानाहरूमा प्रदर्शनको निम्ति सर्पहरूलाई पाल्ने गरिन्छ । यसरी एकातिर सर्पको पालन हुन्छ भने अर्कोतर्फ आयआर्जन हुनसक्छ । सपेराहरूले सर्पहरू नचाउने व्यवसाय नै अपनाएका हुन्छन् ।

खानाको रूपमा सर्पहरू

हङकङमा सर्पको पित्ताशयबाट उत्कृष्ट किसिमको मदिरा बनाइन्छ । चीन, वर्मा, कोरिया तथा भारतका केही ठाउँहरूमा सर्पहरूलाई खानाको रूपमा लिइन्छ । नेपालको दाङ देउखुरीमा थारू जातका बासिन्दाहरूले रेड बोआ नामक अविषालु सर्प खाने गर्दछन् ।

विश्वका अनौठो सर्पहरूको बारेमा केही जानकारी

संसारमा लगभग ३ हजार ५ सय प्रजातिका सर्पहरू पाइन्छ । पश्चिम हिन्दमहासागरको राउण्ड द्विपमा पाइने कील सिल्ड बोआ नामक सर्प विश्वका दुर्लभ सर्प मानिन्छन् । संसारमा यस जातिको सर्पको कुल सङ्ख्या १ सयभन्दा कम छ । क्यारिवियन सागरको सेन्ट लुसिया, मार्टिनिक र बारबाडोस आदि द्वीपहरूमा पाइने धागानुमा थ्रेड सर्प संसारको सबैभन्दा छोटो -सानो) सर्प हो । यसको लम्बाई १० सेन्टीमिटर सम्म हुन्छ ।

संसारको सबैभन्दा लामो सर्प दक्षिण पूर्वी एसिया, इण्डोनेशिया, फिलिपीन्समा पाइने जालदार अजगर हो । प्र्रायः यो सर्प ६ मिटरभन्दा लामो हुन्छ । सन् १९१२ मा मलेशियामा यस जातिको रेविकुलेण्टेड फाइयन प्रजातिको एउटा सर्प १० मिटर लामो फेला परेको थियो ।

संसारमा सबैभन्दा घातक सर्प करेतलाई मानिन्छ । यस जातको सर्पको विषमा न्युरोटक्सिन र हिमाटक्सिन दुबै पाइन्छ । यस जातको सर्पले डसेको मानिसले समयमा नै उपचार नपाएमा एकघण्टा भित्र मर्नसक्छन् ।

विषालु सर्पहरूमध्ये किङ्ग कोब्रा सबैभन्दा लामो हुन्छ । यस जातिको सबैभन्दा लामो सर्प लण्डनको चिडियाखानमा थियो । जुन ५ मिटर ७१ से.मि. लामो थियो । यो सर्प द्वितीय विश्वयुद्धको सुरूमै मर्‍यो । विषालु सर्पहरूमा अपि|mकाका ब्ल्याक मम्बा नामक सर्प ४ मिटर २७ से.मि. सम्म लामो हुन्छन् । गैबन भाइपर नामक सर्पको विष दाँत अन्य सर्पहरूको भन्दा लामो हुन्छ । यस जातिको सर्पको लम्बाई १ मिटर ८३ से.मि. लामो पाइएका छन् ।

प्रायः सर्पहरूले अण्डा पार्दछन् तर माटोमा बस्ने सर्प -कामन सैण्ड बोआ) , हरियो सर्प -वाइन स्नेक), अर्फइ -सां स्केण्ड वाइपर), रसेल घोणस -रसेल वाइपर) आदि यस्तो सर्पहरू हुन् जसले अण्डाको साटो बच्चा नै जन्माउँछन् ।

उडने सर्पमा युरोपेलटाइडा नामको सर्प प्रसिद्ध मानिन्छ । १ मिटरसम्मको लामो यो सर्प ‘किंग कोबरा’ भन्दा १० गुणा बढी विषालु हुन्छ । उडिरहेकै बेला यसले चराचुरूङ्गीहरूलाई आˆनो शिकार बनाउने गर्दछ । यो सर्प ग्लाईडर जस्तै माथि नै उडिरहेको हुन्छ । उड्ने सर्पमा सबैभन्दा डरलाग्दो सर्प स्पेनको पहाडी जङ्गलमा पाइन्छ । करिब ४ मिटर ५८ से.मि. देखि ६ मिटरसम्मको हुने यसको दुईवटा मुख हुन्छ । नेपालमा उड्ने सर्पका रूपमा तक्षक नागलाई मानिन्छ, यो तराईको जङ्गलमा मात्र पाइन्छ ।

सबै सर्पहरू विषालु हुँदैन, फेरि पनि विश्वभरि प्रतिवर्ष सर्पले डसेका लगभग १० लाख घटनाहरू घटी रहन्छन् । सहरीकरण बढेपछि यस्ता घटना कम हुँदैछन् । यसमा मात्रै ३/४ प्रतिशत घटनामा नै मृत्यु हुने गर्दछन् भने मृत्युको अधिकांश घटना एशिया र अपि|mकाका देशहरूमा घट्ने गर्दछन् । एक तथ्याङ्क अनुसार नेपालमा मात्र सर्पले डसेर प्रत्येक वर्ष ३० देखि ५० जनासम्मको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *