Skip to content

दशैंको त्यो रम्झमलाई मनमा लिई हाँस्दैछु

  • by


दशैंको त्यो रम्झमलाई मनमा लिई हाँस्दैछु म
परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।

फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै
यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।

घर आँगन् सिङ्गार्न सबै उता ब्यस्त होलान्
यहाँ भने झल्झल्कोको दाग सम्म माँस्दैछु म ।

गाउँघरमा च्याब्रुङ्, मादल् घन्किएर बज्दैछन् रे
बिदेशमा बिलापको गीत कथी नाँच्दैछु म ।

निधारमा आशिषको टिका सबले टाँस्दै होलान्
प्रवासमा आसुँ झार्दै झुटो आशिष् टाँस्दैछु म ।

(ॅरचना- सेप्टेम्बर २५/ २०११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *