नेपाली गिरिका सुरम्य रचना मेरै नागिच्मा छ नि
पाहाडी वनका सुदिव्य झरना संगै लिए जन्मनी
खुल्ला फाँट तराइका चहुरमा मेची र काली सदा
नित्यै गर्दछु देश भक्ति म यहाँ समृधिको कामना
पुर्खा वीर कथा सदैव जनले गाईरहून गीत झैं
तिनकै सोच गती सबै मिलिरहून निस्वार्थमा प्रीत झैं
नेपाली जनका सुकोमल कला संस्कार यी सम्पदा
नित्यै गर्दछु देश भक्ति म यहाँ समृधिको कामना
पुर्वैका नभका नवीन रचना संदेश बोकी बगून
कालिका तटका समस्त जनले सङ्ग्लो शुभेक्छा छरून
नेपाली जनता अपार छ्यमता बोकी हिडेका सदा
नित्यै गर्दछु देश भक्ति म यहाँ समृधिको कामना
नौलो देश बनाउनै अघि सर्यौ हे वीरका सन्तति
आएका व्यवधान फाँड सहजै चम्काई यो उन्नति
गर्दै देश विकाश मातृभुमिमा नेपाल निर्माणमा
नित्यै गर्दछु देश भक्ति म यहाँ समृधिको कामना
केशव भट्टराई
झापा ९७४२६११११७