म मर्दैछु तिमीलाई, मेरो लास उपहार दिउँला
सकेँ भने अर्को जुनीमा, भेट्न तिमीलाई जन्म लिउँला ।
बाँचुन्जेल त थोरै मायाँ, दिन्छौ भन्ने लागेको छ
भुलिसकेछु मैले त अहिले, तिमीमा मायाँ दया भागेको छ ।
आँखाको कसिङ्गर सरी भएछु, अब झट्टै बिष पिउँला
म मर्दैछु तिमीलाई, मेरो लास उपहार दिउँला ।।
धेरै छैन यहाँ मेरो बस्ने, जाने बेला भै-सक्यो
कालले पनि आइकन, जनाउ गरी गै-सक्यो ।
आफ्नो लास ढाक्ने कात्रो, अब म आफै सिउँला
सकेँ भने अर्को जुनीमा, भेट्न तिमीलाई जन्म लिउँला ।।
म मर्दैछु तिमीलाई, मेरो लास उपहार दिउँला
सकेँ भने अर्को जुनीमा, भेट्न तिमीलाई जन्म लिउँला ।।
पुस्कल पौडेल (—प्रतिक)