Skip to content


लुटाऊ मलाई तिमीमा, घट्न देऊ रात एउटा
लुट मलाई रित्तो पार, छुट्न देऊ मात एउटा

एक आपसमा लुकामारी खेल खेल्दै गोल गर्दै
कालोबा दलको घेरमा, हेर्न देउ, चाँद एउटा

रक्ताम्मे रात मुटुमाझ, रातै रङगको बिहानीले
कथा अविष्मरणीय, बन्न देउ, आयात एउटा

झरी जाला फूल भनी जोगाइराखे जतनसाथ
निथ्रुक्क भिज्ने रहर छ, फुट्द देऊ बाँध एउटा

वषर्ातमा जताततै, मुल फुटेको हेर न प्रिय
चलिरहोस् भुमरी बरु, खस्न देऊ पात एउटा । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *