Skip to content


मन
उडिरहने एक टुक्रा
बादल जस्तो
कहिले यता कहिले उता
अनि कताकता ।
सम्झेर अतीतबाट
तिमीलाई
कलमसँग डोर्याउन खोज्छु
वर्तमान किटिक्क काट्छ
भाँचिन्छ सम्झना ।
जोडेर गुँदले पत्रपत्र
यादका धारावाहिकहरु
बुच्दै । विस्रंदै
कुनै पल
टपक्क टिप्न खोज्दा
नारिएर आउने
सिंगो वर्तमान ।
अथाह समुद्र अगाडि
अझै प्यासी
आफैलाई थाहा छैन खै के खोज्छ मन
बादल झैं
वर्षिएर रित्तिएको मनभित्र
एक टुक्रा बादल
कहिले यता कहिले उता
अनि कताकता ।।।

सुषमा मानन्धर
ल पु कुमारीपाटी
mdhsusma @ yahoo.com

1 thought on “बादल जस्तो”

  1. सुषमा जी ! कविता छोटो मिठो
    सुषमा जी ! कविता छोटो मिठो र मन छुने छ , फेरी पनि यस्ते राम्रो कविता पढ़न पाईयोस !!!

    जे.बी. शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *