ए ! लालहरु ! हेर
देख्नेगरी हेर
आमाको अस्मिता लुटिएको
बदन चोक्टा चोक्टा पारि घिचिएको
माने भञ्ज्याङ, कालापानी, सुस्ता
दोख्यौ महेसपुर, जहाँ हिजो
अमरसिंह रोधी गाउँथे
डमरु भीमसेन नाचिरहेका हुन्छ
सपना बोकेर आमाको
सुन्यौ ती रोधीका सूरहरु
बुझ्ने गरी सुन
जसमा आमाको सपना थियो
पूर्ण कद, अखण्ड ग्रेटर नेपाल
अवशोच
सन्धि सन्धिमै
आमाको वदन लुटिएको छ
कद छोटिएको छ
यति बेला आमा चित्कार्दै छिन
पुकार गर्दै छन् आफ्ना लालहरुलाई
किन सुन्दैनौं
ए ! लालहरु सुन
आमाको चित्कार
विन्ति विसाएकी छन्
सलवलाई रहेका ती
ती झड्केला कपुतहरुले
डसेको, चिथोरेको, कोपरेको
उठ लालहरु,
उठाउ तरवार
ती झड्केला कपुतहरु
नाचिरहेछन् वक्षमा आमाको
र भन्दैछन्
आमा हिजो जस्तै छन् आज पनि
खवरदार ! ए साँझियार
ओइलिएको छैन अझै
हाम्रा पुर्वजले कोरेको रक्त रेखा
प्रयास नगर कुल्चने
फेरी
उठ्ने छन् लालहरु
जुरमुराई तरवार र भाला लिई
गाउँ बस्ती देखि शहर बजारबाट
नचाउँदै तरवार कत्लेआम हुनेगरी
तिमी झड्केलाहरुको
केवल
बचाउन पूर्वजको रगत
आमाको अस्मिता
सिमारेखा
लक्ष्मण थापा
मल्म–८
गलकोट, बागलुङ