देशको सीमा मिचिएको छ
कोसी सम्झौता असमान छ
यसमा वार्ता गरौँ
बाढीपीडितट विस्थापित भएका छन्
पूर्व पश्चिमको सम्पर्क टुटेको छ
यसमा ज्यादा सुर्ता गरौं ।
सरकार ढाल्ने र भत्काउने नाउँमा
अहिल्यै फोहोरी खेल सुरु नगरौँ
अनेक प्रदेश होइन
अखण्ड नेपाल चाहिएको छ
हिमाल, पहाड, तराई उठ्नु परेको छ
लोकतन्त्र जोगाई नयाँ संविधान लेख्नु परेको छ ।
भाषा र भेषमा विवाद नगरौं
समावेशी नयाँ नेपाल चाहिएको छ,
अभाव, महँगीले सगरमाथा छोएको छ र
जनतालाई आश्वासन होइन राहत चाहिएको छ,
नेताहरू कुर्सीको भागबण्डामा नलागौं
नेपाली जनतालाई शान्ति र विकास चाहिएको छ ।
नारा, भाषण र वक्तव्य मात्र होइन
सुन्दर, शान्त र समृद्ध नेपाल चाहिएको छ ।
