Skip to content


बेलुकी आफ्ना बचेराहरूलाई चारो खुवाइसकेर गुडमा बास बसिसकेपछि पोथी तित्राले भालेलाई भनी,”आज त्यति थकाइ लाग्या छैन । चारो पनि राम्रैसाग भेटिएकाले पेट पनि भरिएकै छ । एकछिन दुःख सुखको गफ गरौं न, समसाझै के सुतिहाल्नु, कुम्मकर्ण जस्तो ।” आफ्नी प्यारी पोथीको कुरा मनासिवै लाग्यो उसलाई । “हुन्छ, गफ चै तिमीबाट सुरु गर्ने” भालेले स्वीकार्‍यो ! उसकी पोथीले कुरैकुरामा वनभोजको प्रस्ताव ल्याई । सबै चराहरू मिलेर वनभोजको आयोजना गर्नु राम्रो कुरा हो ।

“बडो राम्रो कुरा गर्‍यौ, एकदम ठीक” । भाले तित्रोले सम्मति जनायो । पोथी अत्यन्त खुसी भई । रात निकै बितिसकेकोले उनीहरू सुते । भोलिपल्ट बिहानै वनभोजको खबर पनि गर्ने र आहारा पनि खोजेर र्फकने गरी भालेलाई बच्चाको रेखदेखको जिम्मा दिएर पोथी जङ्गलतिर उडी । सबैभन्दा पहिले सुगालाई भेटी । तित्राको जोडीको यो प्रस्तावलाई सुगाले पनि सहस्र स्वीकार्‍यो र वनभोजको अध्यक्षको जिम्मेवारी पनि उसले नै बहन गर्ने भयो । त्यसपछि मुजुर, जुरेली, ढुकुर, कोइली, काग, चिवे, सारौटे सबैलाई वनभोजका निम्तो दिएर, भेटिएसम्मका वनभरिका सबै

चराहरूलाई निम्ता गर्ने कुराको चाजोपाजो मिलाएर गुडमा फर्किइ । शनिबार पनि आइनै हाल्यो ।

आज काफल डाडाको थाप्लोमा नया रौनक छ, चराहरूको जमघट छ, भीड-भाड छ र ढुकुर, कोकले, लोखर्केहरू वन र आसपासका गाउतिरबाट फलफूलहरू चुच्चामा ल्याएर जम्मा गर्दैछन् । सारौटे र चमेराहरूले नजिकको खोल्साबाट कीराहरू जम्मा गरे । कौवाहरूले सिन्का बटुले । पारिडाडाको जोगीको कुटीबाट लोखर्केले बलिरहेको सानो अगुल्टो ल्यायो । सारौाटेले आगो फुक्यो । यसरी सबै मिलेर खाना बनाउने काम पूरा भयो । आजको वनभोज कार्यक्रमकी अध्यक्ष सुगाले भनी – “साथी हो, अब केहीबेर रमाइलो गरौ । खानपान गर्ने, रमाउने मात्र होइन, नाचगान पनि गर्नुपर्छ ।”

उसको कुरा सबैले सहस्र सकारे । ताली बजाए । कुन्नि कसरी हो, कौवा, सारौंटे धोबीहरू एक समूहमा र मजुर, तित्रा, कोइली कालिज, फिस्टेहरू अर्कै समूहमा विभाजित भएछन् । साास्कृतिक कार्यक्रम सुरु भएको घोषणा सुगाले गरी । मुजुरले नाच्न सुरु गर्‍यो । सुगा, कोइली, चिवेहरूले पातमा “ट्वाक ट्वाक” गरेर मादल जस्तै बजाए । काग भने अलि लाजमाने जसरी चुपो लागेर हेरी मात्रै रहृयो । यसको भेउ अरूलाई थिएन । सुगाले चैा भनीहाली “कागदाइ त्यसै किन चुपो लागेर टोलाइरहनु भएको ? “कागले भन्यो,”मेरो स्वरै राम्रो छैन के गर्ने” सुगाले भनी यहाा सबैले आ-आफ्नो कला प्रदर्शन गरेर रमाउनुपर्छ । यहाा कोही सानो, ठूलो, राम्रो, नराम्रो भन्ने छैन । हामी सबै एक हौ । अँझ् भन्ने हो भने, पारिगाउाका गाउालेहरू तिहारको पहिल्यै दिन तपाईंको पूजा प्रेमपूर्वक गरेर पञ्चकको श्रीगणेश गर्छन् । त्यति मात्र हो र बूढापाकाहरू अहिले पनि बिहानै सबेरै – “का ….का …” भनेर सन्देश फिजाउादै जाादा “सुबोल बोल ठाउ सरी बस भन्छन् तपाईंहरूलाई” पाहुना आउने, वर्षात् हुने वा घाम लाग्नेदेखि थुप्रै कुराको सन्देशवाहकका रूपमा तपाईंलाई मान्दै आएको छ लोकले । त्यसैले लोकमा तपाईंको ऐतिहासिक, धार्मिक, सामाजिक महत्त्व रहेको छ । “दूत” -खबरवाहक) को काम चानचुने कहा हो र !

सुगाको यो कुरा सुनेर कौवाले खुसी भएर समर्थन जनायो । अब ऊ पनि साथीहरूसाग मिसिएर गाना गाउने, नाच्ने गर्नथाल्यो । निक्कै रमाइलोसाग नाचगान भयो । दिन ढल्दै गएपछि सांस्कृतिक कार्यक्रम सकिएको घोषणा सुगाले गरी । त्यसपछि खाना खाने कार्य सकेर बिदा हुने बेला भयो । महिनामा एकदिन यसैगरी भेला भएर वनभोज गर्ने र रमाउने प्रस्ताव कौवाले राख्यो । सबैभन्दा पहिले सारौाटे, चिवेहरूले ताली बजाएर समर्थन गरे । त्यसपछि सबैले ।

अहिले काग अरू पन्छीभन्दा अत्यन्त रमाएको, फुर्किएको देखिन्थ्यो । त्यसैले अरू पन्छीहरू त्यो रहस्य जान्न जत्सुक पनि थिए । मुख खोल्न मात्र सकेका थिएनन् । सजिलै भयो, आजको अध्यक्ष सुगाले सोध्नै परेन । कागले एक दुईवटा प्रश्न राख्यो सुगालाई । “सुगा बहिनी तपाईंको सक्रियतामा आज यहा भएको वनभोज केवल वनभोज मात्र नभएर हामी जङ्गली पन्छीहरूले पनि एकले अर्कालाई चिन्ने, बुझ्ने अवसर प्राप्त भयो आजबाट । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, यसका लागि म हृदयदेखि नै तपाईंलाई धन्यवाद दिन्छु !

पिकनिकमा भेला भएका सबै मित्रहरूले अर्को पिकनिकसम्मका लागि बिदावारी भएर सुगालाई नमस्कार गर्दै सबै आ-आफ्नो गुणतिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *