Skip to content

सीमित राजवंशी असीमित संस्कृति

  • by


नेपालमा बसोबास गरिरहेका ६१ वटा जनजातिहरू मध्ये राजवंशी पनि एक हुन् जसलाई कोचे पनि मानिन्छ । वि. स. २०५८ को राष्ट्रिय जनगणना अनुसार १ लाख २९ हजार ८ सय २९ कूल जनसङ्ख्या रहेको राजवंशी जाति नेपालको कूल जनसङ्ख्याको ०.५७Ü रहेको छ । मेची अञ्चलको झापा र कोशी अञ्चलको मोरङ्ग सुनसरी प्रमुख बासस्थान रहेको यस जातिको प्राचिन उदगम स्थल भारतको असम र वङ्गालबीचको ‘जलपाइर्गुड्डी’ भन्ने ठाउँमा रहेको पाइन्छ । यस जातिको प्राचीन थलो भारतकै असम, वङ्गाल, मेघालय, नागालैण्ड, मणिपुर, कोच विहार हुँदै नेपालमा आई बसोबास गरेका थिए । मानवशास्त्री मधुसुधन पाण्डेको अनुसार १४ औँ शताब्दीतिर असम र वङ्गाल बीचको ‘जलपाईगुड्डी’ ठाउँमा ‘दनुजमर्दन’ नाम गरेका कोच राजवंशीले राज्य समेत गरेका थिए जसको राजधानीलाई ‘दिनाजपुर’ भनिन्थ्यो । त्यही कोच राजवंशी नेपाल प्रवेश गरेका हुन भन्ने भनाई छ । ‘राजवंशी’ जातिको नामले पनि यिनीहरू राजाका नै वंश हुन भने अन्दाज गर्न सकिन्छ ।

धर्मको हिसाबले यिनीहरूमा विविधता पाइन्छ । बहुसङ्ख्यक राजंवशीहरू हिन्दू धर्मलाई नै स्वीकार गर्दछन्, अलौकिक शक्ति र ईश्वरमा विश्वास गर्दछन् तर केही राजवंशीहरू आफूलाई मुस्लिम समेत ठानी मुसलमान धर्म संस्कृति मान्दछन् । हिन्दू र मुसलमान दुबै धर्म नमान्ने राजवंशीहरू हुन्छन् । जसले आफूलाई ‘कोच’ भन्दछन् । यसरी आˆनो जातिभित्र विभाजित राजवंशीहरूमा छुतअछुतको प्रथा कायमै छ । राजवंशी जातिभित्र ‘हाँडी’ भन्ने जाति तथाकथित तल्लो जाति हो । जसको पनि अरू राजवंशीहरूमा चल्दैन् ।

जे जस्तो भए पनि राजवंशीहरूलाई संस्कृतिको धनी जाति मानिन्छ । यिनीहरूको आˆनै परम्परागत मौलिक रितिथिति छ, संस्कार छन्, संस्कृति छन् । अनेकौँ संस्कृतिले शुशोभित राजवंशीहरूको प्रमुख पूजाआजा मध्ये ‘आमाती ठाकुर पूजा’ र ‘भूमिराज पूजा’ लाई लिन सकिन्छ । भूमिराज पूजामा भूमिलाई एउटा अलौकिक मानि त्यसको पूजा गर्ने गरिन्छ ।

राजवंशी जातिको अर्को प्रमुख पूजा ‘अमाती ठाकुर पूजा’ हो जुन प्रायः जसो केटाकेटीहरूले वटुवासंग, हाटबजारमा गई पैसा माग्दछन् र सोही पैसाले खाद्य सामाग्री किनि त्यसलाई पकएर आˆनो कूलदेवतालाई चढाउँछन् । यसरी पकाएको खानेकुरालाई ‘बेसाती’ भन्दछन् । भूमिराज पूजाकै अवसर पारेर गरिने यो पूजामा केटाकेटीहरूले चराको वली दिनुको साथै पैसा, गाईको दूध, केरा आदि फलफूल चढाई ढोग्ने गर्दछन् । राजवंशीहरूको भनाईअनुसार यो पूजा पनि भूमिकै पूजा हो । यो पूजाले आˆनै इतिहास बोकेको छ, पौराणिक गाथा बोकेको छ । महाभारतकालमा कृष्णले कलीको रूप धारण गरी रायनघोषलाई झुक्याएको दिनको सम्झनामा यो पूजा आजसम्म गरिँदै आएको छ ।

यो जातिको जन्म संस्करमा बच्चा जन्मँदा यसै जातभित्रको तल्लो जाति मानिने ”हाँड” जातिको सुँडेनीलाई बोलाइन्छ र शिशुको नाल अरू केहीबाट नकाटी बाँसको भटालाई धारिलो बनाई त्यसैबाट काटिन्छ । काटिएको सालनाल घरमा नै गाडिन्छ । यिनीहरूमा बच्चाको छठिठ्यार गर्ने चलन छैन । घर ज्वाईं विवाह, मागी विावह, प्रेम विवाह र डांगुवा विवाह रहेको यस जातिमा लामीद्वारा केटा र केटी पक्षबाट विहेको लागि शुभ साइतको रूपमा केही न केही पठाई प्रस्ताव पठाइन्छ । हेर्ने हो भने राजवंशी समाजमा अरू जस्तो स्वयम्वर बनाइदैन् । विवाहमा दुलाहाले जुत्ताचप्पल नलाागई काठको खराउ लगाउनुपर्दछ । यो समाजमा एउटा अनौठो चलन के छ कि विहेको लागि विवाहमण्डप दुलाहा पक्षले दुलही कहाँ जन्ती लिएर गएपछि मात्र बनाउँछ । विवाहमण्डप बनाउने काममा दुलही पक्षले अलिकति पनि सहयोग गर्दैन् । यो समाजमा अर्को किसिमको विवाह प्रेम हो जुन केटा र केटीबीच मायापिरती बसेपछि परम्पारिक विधिअनुसार नगरी मठ मन्दिर वा अड्डा अदालतमा गएर गरिन्छ । घरमा कसैको बुहारी विधवा भइसकेपछि सासु ससुराले केटा खोजेर बुहारीको बिहे गराइदिन्छन जुन विवाहलाई ”डांगुवा विवाह” भनिन्छ । यो किसिमको विवाहमा दुलाहा पनि दुल्हीसँग पहिलेको घरमा बस्नुपर्दछ । ‘घरज्वाई विवाह’ मा दुलाहा दुलहीको घरमा नै वसि जीवनयापन गर्ने गर्दछन् । यस किसिमको विवाह अरू जातिमा पनि त्यति कै प्रचलित छ ।

यस जातिका लाशलाई जलाउने र गाड्ने दुवै परम्पार छ । मुस्लिम धर्म मान्ने राजवंशीले लाशलाई गाड्दछ र हिन्दूधर्म मान्नेले जलाउने गर्दछ । गाड्नु वा जलाउनु अगाडि लाशलाई नुहाइन्छ र त्यसपछि तेल ध्यू दलिन्छ । मृतकले लगाएका भए भरका कपडाहरू घरमै खाल्डो खनी गडिन्छ । लाशलाई राती जलाउने वा गाड्ने काम नगरी दिउँसो मात्र यो काम गरिन्छ । लाशसँगै केरको थम पनि लगिन्छ । यिनीहरूमा पनि क्रिया लिने काम जेठो छोराले नै गर्दछ, जेठो छोरा नभए त्यसभन्दा कान्छोले गर्दछ । छोरै नभए पछि स्वास्नी मान्छे छ भने लोग्ने मान्छे र लोग्ने मान्छे छ भने स्वास्नी मान्छेले क्रिया लिई अन्तिम संस्कार सम्पन्न गर्न गरिन्छ । मरेको १२ दिनमा नै सबै काम क्रिया सम्पन्न गर्ने गरिन्छ । नेपालमा राजवंशी जातिको एउटा आˆनो छुट्टै पहिचान छ, मौलिकता छ, संस्कृति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *